+
+
Shares

सुरुङभित्रबाट १० दिनपछि एक जनाको जीवितै उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते ९:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशीमा १० भदौमा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ।
  • खोजी तथा उद्धारमा खटिएका इन्जिनियर श्रीराम न्यौपानेले आज बिहान सुरुङभित्र मानिसको आवाज सुनिएको संकेत पाएको नेपाली सेनालाई उद्धृत गर्दै बताएका थिए।

१९ भदौ, काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ ।

खोजी तथा उद्धारमा खटिएका एक इन्जिनियरका अनुसार एक व्यक्तिको जीवितै उद्धार गरिएको बताएका छन् ।

आज बिहान मात्रै खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको नेपाली सेनालाई उद्धृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले बताएका थिए ।

सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?