Comments Add Comment

भारतीय विदेश राज्यमन्त्री अकबरले दिए राजीनामा

काठमाडौं । भारतका विदेश राज्यमन्त्री एमजे अकबरले राजीनामा दिएका छन् ।

उनीमाथि १५ भन्दा बढी महिलाले #MeToo अभियानमार्फत यौन उत्पीडनको आरोप लगाएका छन् । राज्यमन्त्री अकबरले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘मैले अदालतबाट न्याय लिन निर्णय लिएको छु । यसैले आफ्नो पद छोड्दैछु ।’

पत्रकारिता करियरका क्रममा प्रभावशाली सम्पादकमध्ये एक रहेको उनीमाथि सबैभन्दा पहिला वरिष्ठ पत्रकार प्रिया रमानीले ‘मीटू’ लगाएकी थिइन् । कार्यालयमा भएको यौन उत्पीडनबारे आफ्नो पुरानो लेख रिटि्वट गर्दै उनले त्यो लेख एमजे अकबरबारे भएको बताएकी हुन् ।

त्यसपछि थुप्रै  महिलाले आरोप लगाएका छन् । यसलाई लिएर प्रमुख विपक्षी कांग्रेसले राज्यमन्त्री अकबरको राजीनामा मागेको थियो ।

तर, अफ्रिका भ्रमणबाट आइतबार स्वदेश फर्किएका अकबर आफूमाथि लागेको रोप झुटा र बनावटी भएको दाबी गरे ।उनले आफूविरुद्ध झुटा अभियोग लगाउनेहरुविरुद्ध कानुनी लडाइँ लड्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment