Comments Add Comment

नवरात्रमा किन यौन सम्पर्क राख्नुहुन्न ? शास्त्रमा लेखिएको छ यस्तो कुरा

नवरात्रको आज अन्तिम दिन । अर्थात नवमी । घटस्थापनाको दिनदेखि नवरात्र सुरु हुन्छ । त्यही दिनदेखि विधिवत् रुपमा दशैं सुरुवात भएको मानिन्छ ।

नवरात्रीको दशैंमा आफ्नै महत्व र अर्थ छ । यसबेला केही कुरा बर्जित गरिएको छ, जो हाम्रो दैनिक जीवनमा प्रयोग हुन्छ । यसमा खानपानदेखि शारीरिक क्रियासम्म पर्छ । भनिन्छ, नवरात्रको समयमा शारीरिक सम्पर्क गर्न हुँदैन । किन यसो भनिएको होला ? के नवरात्रमा यौन सम्पर्क गर्दा के हुन्छ ?

संस्कारको रुपमा विकास हुँदै आएका कुनैपनि कुरा आडम्बर वा ढोंग मात्र हुँदैन । यसभित्र केही वैज्ञानिक तथ्य लुकेको हुन्छ । यहाँ त्यसबारे जानकारी गराइनेछ ।

नवरात्री संस्कृत भाषाको एक शब्द हो, जसको अर्थ हुन्छ नौ रात । हिन्दु धर्ममा मनाइने पर्वमा सबैभन्दा पवित्र मानिन्छ, नवरात्रलाई । किनभने यस अवधीमा घरमा दुर्गा माताको पूजा गरिन्छ । उनको नाममा ज्योति बालिन्छ र पुरा विधी विधानपूर्वक देवी माताको पूजा आराधाना गरिन्छ ।

नवरात्रिको यस नौ दिन दुर्गा माता अलग-अलग रुपमा हरेक दिन भक्तकहाँ आउँछ भन्ने धार्मिक विश्वास छ । यस नौ रुपममध्ये पनि तीन रुप मूख्य मानिन्छ, महालक्ष्मी, महासरस्वती र महाकाली । यी तीनवटा देवीलाई स्मरण गर्नु वा पूज्नुको पनि खास अर्थ छ । लक्ष्मीलाई धनको, सरस्वतीलाई ज्ञानको र महाकालीलाई शक्तिको प्रतिक मानिन्छ । यसको सार के भने, एउटा पूर्ण जीवनका लागि धन, ज्ञान र शक्ति तीन कुराको आवश्यक हुन्छ ।

जब हामी धन आर्जन गर्छौं, त्यसबेला हाम्रो वुद्धि विवेक संयमित हुनुपर्छ । त्यसैले हामी सरस्वतीको पूजा गर्छौं । यो भनेको आफुमा ज्ञान-बुद्धि बढाउनुपर्छ भन्ने हो । किनभने जब मानिसले धन आर्जन गर्छन्, तब उसको मति भ्रष्ट हुन्छ । बुद्धि भ्रष्ट हुन्छ । त्यही कारण त नवरात्रको सातौ दिनमा माता सरस्वतीको पूजा गरिन्छ, ताकि धन प्राप्त भएपछि बुद्धि शान्ति र संयमित रहोस् ।

कामवासना त्यग्नुपर्ने बेला

यसरी विभिन्न रुपका देवीलाई पूजा गर्ने यो समयमा आफुभित्रको नकारात्मक कुरालाई भने त्याग गर्नुपर्ने बताइन्छ । दशैं अघिको नवरात्रिले मानविय जीवनको मूल्य र मान्यताहरु बुझ्न प्रेरित गर्छ । यसको विभिन्न अर्थ छ । देवीले समग्र महिला जातिलाई पनि संकेत गर्छ । महिलाहरुप्रति श्रद्धाभाव राख्नुपर्ने अवसरको रुपमा पनि नवरात्रलाई लिन्छ । त्यही कारण पनि नवरात्रमा यौन सम्पर्क बर्जित गरिएको छ । धार्मिक मान्यता छ, यसबेला देवी माता हाम्रो घरमा बास बस्न आएकी हुन्छिन् ।

नवरात्रले त्यागको कुरा पनि संकेत गर्छ । खासगरी आफैभित्रको दम्भ, अहंकार, रिस, लोभ आदि तत्व त्याग्नुपर्ने बताइन्छ । यसरी त्याग्नुपर्ने कुरामा वासना अर्थात यौन-आशक्ति पनि हो । नवरात्रिमा यौन सम्पर्क गर्न बर्जित गराइनुको पछाडि आफुभित्रको कामवासना त्यग्नु पनि हो ।

शास्त्रको नियम

धर्मशास्त्रका अनुसार यस नौ दिनमा देवीले हाम्रो घरमा बास बसेको हुन्छ । त्यसबेला शारीरिक सम्पर्क गर्न राम्रो हुँदैन ।

अध्यात्मबाट ध्यान भंग हुन्छ

यौन सम्पर्कका क्रममा महिलाको शरीरबाट केही हर्मोन्स स्राव हुन्छ, जो तामसी प्रवृत्तिको हुन्छ । यो हर्मोन्सले उनको ध्यान आध्यात्मबाट भंग गराइदिन्छ । त्यही कारण नवरात्रमा यौन सम्पर्क गर्न मनाही छ ।

हर्मोन्सको उत्सर्जन

यौन सम्पर्क राखेपछि शरीरमा केही विशेष किसिमको हर्मोन्स निष्कर्षण हुन्छ । त्यसैले यस समयमा नकारात्मक भाव पैदा हुन्छ । यसले उनीहरुलाई चिन्ताग्रस्त बनाउन सक्छ । डिप्रेसनको अवस्थामा पुर्‍याउन सक्छ ।

नवरात्रमा यौन सम्पर्कबाट टाढा रहनुपर्नेमा आध्यात्मिक कारण यस्तो पनि छ, व्यक्ति जब अहंकार, क्रोध, वासना र अन्य पशु प्रवृत्तिमाथि बिजय प्राप्त गर्छन्, यसले एक शून्यको अनुभव गर्छन् । त्यो श्रन्य अध्यात्मिक धनले भरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment