Comments Add Comment

प्रशिक्षकको कार धुने केटो कसरी पुग्यो इंग्ल्याण्ड राष्ट्रिय टिममा ?

काठमाडौं । १६ वर्षको उमेरमा प्रशिक्षकको कार धुने काम गरेका जेम्स म्याडिसन अहिले २१ वर्षको उमेरमा इंग्ल्याण्डको राष्ट्रिय टिममा पुगेका छन् ।

यसै सिजन लिसेस्टर सिटीबाट पि्रमियर लिग खेलिरहेका म्याडिसनले आफ्नो क्षमता देखाइरहेका छन् । लिसेस्टरबाट आठ खेलमा तीन गोल गरेका उनले तीन गोलका लागि अवसरसमेत बनाएका छन् ।

नेसन्स लिग खेलमा स्पेन र क्रोएसियाविरुद्ध इंग्ल्याण्डको टिमसम्म आइपुग्न म्याडिसनले गरेको मेहनत सानो छैन ।

इंग्ल्याण्ड फुटबलको तेस्रो डिभिजन लिग वान क्लब कोभेन्ट्री सिटीमा फुटबल सुरु गरेका उनले २०१३ मा सिनियर टिमबाट डेब्यु गरेका थिए । २०१६ मा उनी इंग्ल्याण्ड फुटबलको दोस्रो डिभिजन च्याम्पियनसिप खेल्ने क्लब नरविच सिटीमा गएका थिए ।

नरविचबाट बीचमा कोेभेन्ट्री सिटी र एबेरडिनमा लोनमा गएका उनी २०१८ मा लिसेस्टर सिटी आएका हुन् ।

म्याडिसनले कोभेन्ट्री सिटीमा फुटबल सुरु गर्दा त्यसबेलाका प्रशिक्षक स्टेभेन पि्रस्लेले धेरै पटक उनलाई कार पार्किङमा एउटा हातमा जग र अर्को हातमा स्पोन्ज लिएर कार धोइरहेको भेट्थे ।

‘हामी केही युवा खेलाडीलाई चेन्जिङ रुम सफा गर्न र सिनियर खेलाडीको जुत्ता पुछ्न पनि क्लबमा राख्थ्यौं । म्याडिसनले राम्रो खेल्न सकेनन् भने मेरो कार पुछ्ने काम भए पनि राम्ररी गर्छन् भन्ने मलाई लागेको थियो’ प्रिस्लेले बीबीसीसँग भनेका छन् ।

तर, थोरै समयमै म्याडिसनले प्रमाणित गरे कि उनको साथमा साबुन पानी होइन फुटबलको उत्कृष्ट कला रहेको छ । उनले १६ वर्षको उमेरमा नै पहिलो रोजाइँको टिमसँग अभ्यास सुरु गरेका थिए । अभ्यासमा नै उनले देखाएको कलाले सिनियर टिममा पुग्न समय लागेन । उनी आˆनो क्षमतासँग विश्वस्त थिए ।

‘हामीले उनको क्षमता विकास गर्नेमा चिन्ता गर्नै परेन, उनी क्षमता लिएरै जन्मिएका थिए । हामीले उनी निरन्तर खेलिरहन सकुन् भन्नेमा मात्र विचार गर्‍यौं’ प्रशिक्षक प्रिस्लेले भने, ‘उनको आफूप्रतिको विश्वास र साहस दम्भमा नबदलियोस् भनेर हामीले सोचेका थियौं ।’

त्यो समय म्याडिसनको लागि समस्या भनेको उनको पातलो शरीर नै थियो । आफ्नै उमेरका अरु खेलाडीभन्दा उनी केही पातला थिए । यसैले उनले आˆनो शारीरिक क्षमतालाई जित्ने गरी खेल क्षमताको विकास गरे ।

२०१६ मा नरविच सिटी गएपछि झण्डै एक वर्ष त उनी बेञ्चमा नै परे । तर जब अवसर पाए उनले फेरि आफूलाई प्रमाणित गरे । त्यसले नै २२ मिलियन पाउण्डमा लिसेस्टर आउने बाटो खुल्यो ।

म्याडिसनले २०१७ मा इंग्ल्याण्डको २१ वर्षमुनिको टिमबाट पनि आफ्नो क्षमता देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment