+
+
Shares

दुई बर्षभित्र काठमाडौंका सडक सफा भइसक्छन्ः प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १ गते १८:२७

१ कात्तिक, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको विश्वासलाई तलमाथि पर्न नदिने बताएका छन् ।

विर्तामोडमा शुक्रबार आयोजित प्रधानमन्त्री ओलीले सरकारको सफलतासँग आफ्नो असफलता देख्नेहरुले विभिन्न हल्ला चलाएर विचलन ल्याउन खोजेको बताए । जनताका अपेक्षा र विश्वासलाई सधैं शिरोधार्य गर्ने उनको भनाइ छ ।

चुनावका बेला पार्टीले ज्येष्ठ नागरिक भत्ता बढाउने प्रतिवद्धता गरेपनि अघिल्लो सरकारले राष्ट्रिय ढिकुटीको चरम दोहन गरेकाले बढाउन नसकिएको ओलीको भनाइ छ । ‘अब ढुक्क हुनुहोस् । आउने बर्षमा ज्येष्ठ नागरिक भत्ता वृद्धि हुन्छ । हामीले राज्यको ढिकुटीलाई विस्तारै मजवुद बनाउँदैछौं’ उनले भने ।

प्रधानमन्त्री ओलीले सरकार देश विकासको कामलाई द्रुत गतिमा अघि बढाउन तल्लिन रहेको बताए । ‘धुलो नउड्ने सडक बनाउन पनि सडकमा धुलो उडाउनु पर्छ’ उनले भने, ‘दुई बर्षभित्र काठमाडौंका सडक सफा भइसक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?