Comments Add Comment

पञ्जावमा रावण दहनस्थलमा भागदौड, रेलले कुल्चिँदा कम्तिमा ५०जनाको मृत्यु

२ कात्तिक, काठमाडौं । भारतको पञ्जाबस्थित अमृतसरमा ठूलो रेल दुर्घटना भएको छ ।

पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भिडलार्इ ठक्कर दिँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ भने एक सय बढी घाइते भएका छन् ।

अमृतसरको जोडाफाटकमा रेलवे ट्रयाक नजिकै साँझ साढे ६ बजे रावणको पुत्ला दहन गरिरहेको भीड रेलको लिकमा पुगेपछि दुर्घटना भएको हो ।

स्थानीय पत्रकार रविंदर सिंहलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएअनुसार रावणको पुत्लामा आगो लगाउने वित्तिकै मञ्चबाट मानिसहरुलाई पछाडि हट्न आग्रह गरिएको थियो ।

त्यही वेला पछाडिबाट अाएको रेलले मानिसहरूको भिडको एउटा ठूलो हिस्सालाई ठक्कर दिएको थियो । अमृतसर प्रहरीका कमिस्नर सुधांश शेखरले कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताएका छन् ।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केहीवेर अघि ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनालार्इ ह्रदयविदारक भनेका छन् ।

उनले लेखेको ट्वीटमा भनिएको छ, ‘घटनामा ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदन व्यक्त गर्दछु । र, घाइतेहरूको शीघ्रस्वास्थ्य लाभको कामना व्यक्त गर्दछु ।’

उनले तत्काल अावश्यक सहयोगका लागि अधिकारीहरूलार्इ निर्देशन दिइएको उल्लेख गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment