Comments Add Comment

टर्कीस्थित साउदी दूतावासमा पत्रकारको मृत्यु, दुई सरकारी अधिकारी बर्खास्त

३ कात्तिक, काठमाडौं । टर्कीको स्तानाबुलस्थित साउदी वाणिज्य दूतावासमा पत्रकार जमाल खशोगगीको मृत्यु भएको त्यहाँको राज्य टीभीले जनाएको छ । प्रारम्भिक अनुसन्धान रिपोर्टलाई हवाला दिँदै टिभीले खशोगगीको मृत्यु भएको जनाएको हो ।

बीबीसीले दिएको विवरणमा भनिएको छ, ‘घटनामा खुफिया एजेन्सीका उपप्रमुख अहमद अल असिरी र राजकुमार मोहम्मद बिन सलमानका वरिष्ठ सहयोगी सौद अलकहटानीलाई बर्खास्त गरिएको छ ।’

पत्रकार खशोगगीलाई २ अक्टुबरमा इस्तानाबुलस्थित साउदीको वाणिज्य दूतावासमा प्रवेश गरेपछि बेपत्ता भएका थिए । उनी त्यहाँ हैटिस सेन्गिजसँग विवाह गर्ने अनुमतिका लागि कागजी प्रक्रिया पूरा गर्न गएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि जे भयो त्यो ‘अस्वीकार्य’ छ तर, साउदी एक ‘सहयोगी’ थियो । खशोगगी पछिल्लो समय अमेरिकामा बस्दै अाएका थिए ।

खशोगगीको मृत्यु भएको साउदीले स्वीकारेको यो पहिलो पटक हो ।

साउदीका राजा सलमानले खुफिया एजेन्सीको पुनर्गठन गर्नका लागि राजकुमार मोहम्मदको अध्यक्षतामा एक मन्त्री स्तरीय समिति पनि गठन गर्न आदेश दिएको जनाइएको छ ।

टर्कीका अधिकारीहरुले दिएको सूचनालाई साउदी अरबले आफ्नो जाँचको एक हिस्साको रुपमा लिएको थियो । सोही आधारमा कयौं संदिग्धमाथि छानबिन पनि भएका थियो ।

त्यसअघि बेनामे अधिकारीले पत्रकारको शव बेलग्रेड वन या खेतको भूमिका गाडेको हुन सक्ने भनि दिएको सूचनाको आधारमा खोजीलाई व्यापक बनाइएको थियो ।

को हुन् खसोगगी ?

खसोगगी साउदी अरबको अल अरब न्यूज च्यानलका पूर्वप्रधानसम्पादक थिए । उनले त्यहाँको अल वातान पत्रिकाका लागि सम्पादकको रुपमा पनि काम गरे ।

उनले सन् २०१७ मा साउदी अरब छाडेर स्व-निर्वासनमा हिँडेका थिए । साउदी सरकारले उनलाई ट्वीटरमा बन्देज लगाएको खसोगगीको आरोप थियो । पछि उनले साउदी सरकारविरुद्धमा आलोचनात्मक टिप्पणीहरु लेखेका थिए ।

उनले साउदीका राजकुमार मोहम्मद विन सलमान र राजा सलमानप्रति तिखो आलोचना गरेका थिए । उनले यमनमा साउदी अरबको नेतृत्वमा भएको हस्तक्षेपको पनि विरोध गरेका थिए ।

उनले आफ्नो जीवनमा पटकपटक ओशामा विन लादेनको अन्तरवार्ता पनि लिएका थिए । उनले लादेनलाई अफगानस्तानको तोरा बोरा र सन् १९९५ मा सुडानमा भेटेर अन्तरवार्ता लिएका थिए । उनलाई त्यसवेला खुफिया एजेन्सीले साउदी शाही परिवारको साथमा सम्झौता गर्नका लागि लोदनलाई प्रभावित पार्ने काम समेत दिएको थियो ।

अल अरबियाले भनेको छ कि खशोगगीले एकपटक विन लादेनलाई हिंसा छाड्नका लागि मनाउने कोशिश पनि गरेका थिए ।

उनी एक मात्र गैर–शाही साउदी अरबिया नागरिक थिए, जसलाई ११ सेप्टेम्बरमा भएको आतंकवादी हमाला पछाडि रहेको राजपरिवार र अलकायदाबीचको सहमतिबारे जानकारी थियो । उनी सोही घटनापछि विन लादेनबाट टाढिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment