Comments Add Comment

जहाँ ३२ रुपैयाँमा छोरी बेचिन्छ

३२ रुपैयाँमा मानिसको बिक्रि हुन्छ भन्ने कुरा सायद कसैले पत्याउन सक्दैन । तर भारतको एउटा गाउँमा भने यो नपत्याउने प्रथा चलिरहेको छ । त्यहाँ २० रुपैयाँको भारुमा चेलीहरु बेचिन्छन् ।

भारतको मध्यप्रदेशस्थित शिवपुरी नामक गाउँको दर्दनाक कथा हो यो । उक्त गाउँमा २० रुपैयाँ भारुको टिकटमा किशोरीहरुको किनबेच हुन्छ ।

गाउँमा परम्परादेखि चलिआएको धडिचा नामक कुप्रथाका कारण चेलीहरु यस्तो नारकीय बाध्यता भोगीरहेका छन् ।

गाउँमा चेलीहरुको खरीद बिक्रि गर्ने धडिचा नामक प्रथा रहेको छ । जस अनुसार कुनैपनि पुरुषले २० रुपैयाँ भारु तिरेर गाउँकी कुनैपनि महिलालाई यौन सम्पर्कका लागि खरीद गर्न सक्दछ ।

उक्त प्रथा अनुसार पुरुषहरु आफ्नै पत्नीलाई २० भारुमा बिक्रि गरी एकरातको लागि परपुरुषको जिम्मा लगाउँदछन् । त्यस क्रममा एउटा करार पत्रमा पनि सहीछाप गरिन्छ।

आधुनिक युगको यो महिला दासताका कारण मध्यप्रदेशको शिवपुरी गाउँ भारतमा कुख्यात बनिरहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment