४ कात्तिक, काठमाडौं । ललितपुर र काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको छ ।
दशैंको वेला राजधानीमा नक्कली नोटको विगविगी भएको सूचना पाएपछि काठमाडौं प्रहरीले चलाएको अपरेशनका क्रममा नक्कली नोट बरामद भएको हो ।
ती नोटहरुसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा पर्सागढी नगरपालिका ३ घर भई हाल हाल कीर्तिपुर नगरपालिका ३ मच्छे गाउँ बस्ने ईन्द्रबहादुर श्रेष्ठ, गोरखाको शहिद लखन गाँउपालकिा वडा न ८ घर भई हाल मच्छेगाँउ बस्ने नारायण श्रेष्ठ, मकवानपुर हर्नामाडी ९ घर भई हाल मुलपानी बस्ने साहिल थापा मगर, पर्सा विरुवा गुठी ३ घर भई हाल वौद्द जोरपाटी वस्ने राज श्रेष्ठ र काठमाडौ कागेश्वरी मनहरा वडा नं ११ घर भई हाल कुमारी गाल बस्ने वर्ष २९ को विकास दोचे छन् ।
यसअघि शुक्रबार महागनरीय प्रहरी वृत्त, गौशालाले एक हजार दरको २९ वटा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय २९ वर्षीय विकास दोक्चे महर्जन थिए ।
उनीहरुबाटै प्राप्त सूचनालाई फेलो गर्दै जाँदा प्रहरीले ललितपुरको मच्छेगाउँस्थित एक व्यक्तिको घरसहित काठमाडौंका विभिन्न क्षेत्रमा छापा मारेर नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको हो ।
छापा मार्ने क्रममा विभिन्न व्यक्तिको कोठाबाट फोटोकपी मेसिनसहित नोट छाप्ने कागजहरु बरामद भएको छ ।
परिसरका एक अधिकारीका अनुसार उनीहरुले आफ्नै कोठामा फोटोकपी मेसिनहरु राखेर नक्कली नोट छाप्ने गरेका थिए ।
प्रतिक्रिया 4