+
+
Shares

कृष्णनगरको कर्फ्यू १२ बजेसम्मका लागि हट्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ६ गते ८:३२

६ कात्तिक, कपिलवस्तु । जिल्लाको कृष्णनगरमा लगाइएको कर्फ्यू अहिले बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि हटाइएको छ ।

मूर्ति विसिर्जनको विषयलाई लिएर दुई समूहबीच भएको विवादपछि उत्पन्न परिस्थिति नियन्त्रण गर्न आइतबारदेखि कृष्णनगरमा कर्फ्यू लगाइँदै आएको छ ।

स्थिति सामान्य बन्दै गएपछि मंगलबार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले जनाएको छ । अवस्था हेरेर कर्फ्यूबारे थप निर्णय हुने प्रशासनको भनाइ छ ।

कर्फ्यू हटेपछि कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ ।

कृष्णनगर बजार क्षेत्रमा शनिबार दुर्गा पूजाको मूर्ति विसर्जन गर्ने क्रममा स्थानीय दुई पक्षबीच विवाद भएको थियो । आइतबार कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?