+
+
Shares

अछामको जयगढ बजारबाट १४ जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ६ गते ९:०१

६ कात्तिक, अछाम । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा जुवातास खेलिरहेको अवस्थामा सोमबार बेलुकी १४ जना पक्राउ परेका छन् ।

जयगढको रोडबजार नजिक रहेको एक कोल्ड स्टोरमा जुवातास खेलिरहेका राजनीतिक दलका नेता, शिक्षकदेखि गाउँका अगुवासम्म पक्राउ परेका हुन् ।

पक्राउ परेकाबाट ६० हजार चारसय ४० नगद रुपैयाँ, ६ प्याकेट तास, तीन थान कापीसमेत बरामद गरिएको अछाम प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका सबैलाई जयगढबाट सदरमुकाम मंगलसेनमा रहेको जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरुका बारेमा थप अनुसन्धान गरी कानुनी कार्वाही गरिने डीएसपी शाहीको भनाइ छ । हालै लागू भएको अपराध संहितामा जुवातास खेल्ने र खेलाउनेलाई तीन महिना कैद र तीन हजार जरिवाना हुने व्यवस्था छ ।

जयगढ बजारमा जुवातास खेल्ने र खेलाउने क्रम बढ्न थालेको भन्दै केही स्थानीयले चर्को गुनासो गरेपछि प्रहरी निरीक्षक टेकबहादुर रावत नेतृत्वको टोली मंगलसेनबाट त्यसतर्फ गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?