Comments Add Comment

मोउरिन्हो एक उत्कृष्ट प्रशिक्षक

जोस मोउरिन्हो, यो नाम आएपछि मेरो दिमागमा केही विशेष कुरा आउँछन् ।

किन भनेर अहिले म केही बताउन त सक्दिनँ । तर, यसो पछाडि फर्केर सोच्न सक्छु । २००४ मा पहिलोपटक मोउरिन्हो चेल्सीमा आउँदा म २३ वर्षको मात्रै थिएँ । केही अभ्यास गरिरहँदा उनको नजरमा पहिलोपटक परें ।

टिम मिटिङमा उनले भनेका कुरा, खेल सुरु हुनुअघि उनले भनेका कुरा, पत्रकार सम्मेलनमा उनले भनेका कुरा यस्ता हरेक उनका कुराहरु मैले ध्यानपूर्वक सुनिरहेको थिएँ । केही टिपोट पनि गर्थें ।

मैले लेखिरहेको देखेर उनले सोध्थे – तिमीले किन लेखिरहेको ? कसैले पनि लेखेका छैनन् ।

तर, मैले जे गरिरहेको थिएँ त्यसमा खुसी लागेको थियो । डे«सिङ रुममा आएपछि सबैले भन्थे – कस्तो राम्रो सेसन भयो । हामीले अहिलेसम्म गरेको सबैभन्दा राम्रो टे«निङ भयो ।

हामीले खुब फुर्तिलो र निपूर्ण महसुस गरिरहेका थियौं । म सेसनमा अरुले दिएका सुझावलाई पनि टिपिरहेको हुन्थें । मलाई त्यो बेला लागेको थियो मैले अहिले बुझिरहेको, कपिमा टिपिरहेको कुराले भविष्यमा फाइदा पुग्ने छ ।

मोउरिन्हो देखेपछि नै मलाई पछि गएर म पनि प्रशिक्षक बन्नु पर्छ भन्ने लागेको थियो । त्यसअघि मैदानमा जाने र खेल्नेबाहेक अरु कुरा मलाई वास्ता थिएन । टे«निङ सेसन मतलब हुँदैन थियो, कोचका कुरा धेरै वास्ता हुँदैन थियो, अभ्यास गर्ने मैदानको वास्ता हुँदैन थियो तर मोउरिन्हो आएपछि मैले तयारी नै सबैभन्दा महत्वपूर्ण रहेछ भन्ने बुझेको थिएँ ।

उनी अभ्यासका लागि बिहान ८ बजे मैदानमा आइपुग्थे । आवश्यक सबै सामान मिलाउँथे । बलहरु चाहिने जति छ कि छैन विचार गर्थे । बल टिप्ने केटाहरुलाई तयार राख्थे । मैदानमा बलको अभाव नहोस् र चाहिने बेला बल आइपुगोस् भन्नेमा उनको विशेष ख्याल रहन्थ्यो । पहिलो दिनदेखि नै उनको प्रभाव हामीमा राम्रो परिरहेको थियो ।

अभ्यास गर्ने मैदानमा मात्रै होइन, त्यहाँबाट बाहिर मानसिक रुपमा पनि उनको उपस्थितिले सकारात्मक उर्जा दिइरहेको थियो ।

कुनै कुनै बेला घाइते भएर मेरो खेलहरु छुट्थ्यो । उपचारमा रहँदा उनी आउँथे सबैसँग कुरा गर्थे तर मसँग नबोली जान्थे । मलाई उनको त्यो बानी भने अचम्म लाग्थ्यो । फिजियोसँग भन्थें, म भोलिदेखि अभ्यासमा जान्छु, यसरी प्रशिक्षकले नबोल्दा मलाई राम्रो लागेको छैन ।

उनले के गरिरहेका छन् भन्ने उनलाई राम्ररी नै थाहा थियो । मभित्रको जोश जगाउन उनी त्यसो गरिरहेका थिए । उनलाई कुन बेला तारिफ गर्नुपर्छ, कुनबेला सुझाव दिनुपर्छ, कुनबेला सम्झाउनु पर्छ भन्ने राम्ररी थाहा थियो ।

उनकै कारण आफू उत्कृष्ट खेलाडी हुँ भन्ने लागिरहन्थ्यो । त्यही कुराले खेलमा राम्रो गर्ने हौसला मिल्थ्यो । राम्रो गरिन्थ्यो पनि ।

एकपटक अभ्यासकै बेला हामी फाइभ ए साइड फुटबल खेलिरहेका थियौं । हरेकजसो अभ्यासमा त्यस्तो खेल त भइ नै रहन्थ्यो । त्यो बेला हामी ३–० ले हारेका थियौं । उनले अभ्यास सकिएपछि बाहिरिने बेला डिफेन्डरलाई भनेका थिए – के केही नभए जस्तो गरेर हिँडिरहेको ? ३ गोल खानु सानो कुरा होइन ।

त्यसपछि अभ्यासका बेला खेलिने फाइभ ए साइडमा पनि हाम्रो अन्तर १–०, २–१ जस्तो मात्रै हुन थालेको थियो । हाम्रो मेहनत बढेको थियो ।

जुनसुकै क्लब होस्, जितिरहेका बेला सबै साथमा हुन्छन् । राम्रो कुरा गर्छन् । तर, जब एक दुई खेल हार्न थालिन्छ अवस्था फेरिँदै जान्छ । आफैसँग खेल्ने खेलाडीहरुलाई विचार गरेर हेर्न थालिन्छ, कोही अरु ठूला खेलाडी भए हुने जस्तो लाग्न थाल्छ । त्यो सबैमा हुन्छ नै ।

तर, मोउरिन्होको काम हामीलाई सधैं राम्रो लाग्यो । उनको क्षमता र शैली उत्कृष्ट थियो । उनकै कारण म राम्रो खेलाडी बन्न सकें र प्रशिक्षक बन्ने सपना देखें ।

स्रोतः कोचेज भ्वाइस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment