Comments Add Comment

गुल्मीमा दोस्रो नौमती बाजा महोत्सव, विजेताले पायो ३३ हजार

६ कात्तिक, गुल्मी । कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले गुल्मीको वामीमा दोस्रो नौमती बाजा महोत्सव गरिएको छ ।

हराउँदै जान थालेको नौमती बाजाको प्रंचार प्रसार गर्दौ लोप हुनबाट बचाउने उद्देश्यले वामी विश्व सम्पर्क मञ्चले नौमती बाजा महोत्सव आयोजना गरेको हो ।

महोत्सवको अवसरमा नौमती बाजा प्रतियोगिता, नौमती बाजामा पुरुष तथा महिलाको नृत्य प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितामा चन्द्रकोट गाउँपालिका २ भीरखानीको भीरखानी पञ्चेवाजा समूह पहिलो हुँदै ३३ हजार ३ सय ३३ पुरस्कार पाएको छ ।

मुसीकोट नगरपालिका ८ वामीको नौमती वाजा संरक्षण समिति दोस्रो हुँदै २२ हजार २ सय २२ रुपैयाँ र वाग्लुङ गल्कोट नगरपालिकाको घुम्टे नौमति वाजा समूहले तेस्रो हुँदै ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो ।

उत्कृष्ट सहनाई वजाउँदै बडिगाड गाउँपालिका १ को दगा नवप्रतिभा वाजा समुहका लोकबहादुर दर्जीले ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार जित्दै स्टुडियोमा सहनाई वजाउने अवसरसमेत पाएका छन् । प्रतियोगितामा गुल्मी र वाग्लुङका गरी ७ समूहको सहभागिता रहेको थियो ।

वामी विश्व सम्पर्क मञ्चले २०७२ को मंसिरमा पनि नौमती महोत्सवको आयोजना गरेको थियो । मञ्चले वामीमा संस्कृति प्रवर्द्धनसंगै विविध कार्यक्रम संचालन गर्दै आएको छ । महोत्सबकै अवसरमा वामीका विद्यार्थीलाई करिब १ लाख बराबरको छात्रवृत्ति पनि वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment