Comments Add Comment

अनौठो रुख : जसलाई काउकुती लाग्छ

यो दुनिया रहस्यले भरिएको छ । विश्वका जुनसुकै कुनामा जानुस्, केही न केही अनौठा तथ्यहरु भेटिन्छन् नै । अझ जंगलभित्र त झन् फरक दुनिया हुन्छ, जुन रोचकताको चरम विन्दुमा पुगेको हुन्छ ।

जंगलको यहीँ विचित्रताको बारेमा कुरा गर्दा एउटा यस्तो रुखको बारेमा चर्चा गर्नैपर्ने हुन्छ जसले ठ्याक्कै मान्छेले जस्तै हरकत गर्दछ ।
भारतको उत्तराखण्डस्थित कालाढुंगी जंगलमा एउटा यस्तो रुखको प्रजाति छ । यो रुखलाई मान्छेलाई जस्तै काउकुती लाग्दछ ।

यो रुखको फेदमा औंला रगड्दा उसका हाँगाविँगा हल्लिन थाल्दछन्, मान्छेको पेटमा छुँदा काउकुती लागेर जिउ हल्लाएजस्तै । काउकुती लाग्ने यो रुखको त्यस्तो व्यवहारका कारण मानिसहरु यसलाई हाँस्ने रुख भनेर चिन्छन् ।

यसको वैज्ञानिक नाम चाहीँ रेन्डिया डुमिटोरम हो । यो रुखलाई छुँदा किन काउकुती लागेझैं गर्दछ भन्ने बारेमा थाहा पाउन अनुसन्धान गरिँदैछ ।

यो हाँस्ने रुख हेर्नका लागि ठूलो संख्यामा पर्यटकहरु उक्त जंगलमा आउने गर्दछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment