+
+
Shares

आठ रात नौ दिनमा सकियो भक्तपुरको गाईजात्रा

आठ रात नौ दिन चल्ने यो जात्रा कृष्ण जन्माष्टमीको दिन कृष्णलाई नगर परिक्रमा गराएर सम्पन्न भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउन १२ गते गुन्हीपुन्हीदेखि शुरू भएको भक्तपुरको गाईजात्रा कृष्ण जन्माष्टमीका दिन नारायणको नगरपरिक्रमा गराएर आज सम्पन्न भएको छ।
  • गाईजात्राका क्रममा भक्तपुरमा घिन्ताङघिसी, हनुमान नाच, माक प्याख, जङ्गली नाच, व्यङ्ग्यात्मक कार्टुन र प्लेकार्ड प्रदर्शनसहित नगरपरिक्रमा गराइएको थियो।
  • आज हाकुपटासी र दौरा सुरुवाल लगाएका सयौँ महिला पुरुष, बालबालिका र वृद्धवृद्धाले बाजागाजासहित सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, टौमढी, वंशगोपाल, इनाचो र दरबार क्षेत्र परिक्रमा गरेका थिए।

१९ भदौ, ख्वप (भक्तपुर) । साउन १२ गते गुन्हीपुन्ही (जनैपूर्णिमा)को दिनदेखि सुरु भएको भक्तपुरको गाईजात्रा आज सम्पन्न भएको छ ।

आठ रात नौ दिन चल्ने यो जात्रा कृष्ण जन्माष्टमीको दिन कृष्णलाई नगर परिक्रमा गराएर सम्पन्न भएको हो । जनैपूर्णिमाको भोलिपल्ट गाईजात्राका दिन दिवङ्गत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्ने भए पनि अन्य दिनमा भने घिन्ताङघिसी नाच र व्यङ्ग्य प्रस्तुत गर्दै भक्तपुरमा सात दिनसम्म गाईजात्रा मनाउने गरिन्छ ।

गाईजात्रादेखि आजसम्म प्रत्येक दिन अपराह्न भक्तपुरमा घिन्ताङघिसी नाचसँगै हनुमान नाच, माक प्याख नाच, जङ्गली नाच, व्यङ्ग्यात्मक कार्टुन, प्ले कार्ड प्रदर्शन गर्दै नगर परिक्रममा गराइएको थियो । आज भक्तपुरमा परम्परागत पहिरन हाकुपटासी लगाएर लामबद्ध सयौँ महिला र पुरुषले दौरा सुरुवाल लगाएर बाजागाजासहित नारायणलाई बत्ती बालेर नरपरिक्रमा गरिएको थियो ।

श्रीकृष्ण जन्माष्टमी रहेकाले नारायणको पूजा गरी बत्ती बालेर भक्तपुरका बालबालिका एवं युवाहरूले टाउँको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, टौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी परिक्रमा गरेको थियो ।

भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले टोलटोलमा भइरहेको सांस्कृतिक प्रतियोगिताको प्रदर्शनी आजदेखि समापन भएको बताए । उनले प्रतियोगितामा भक्तपुरको टोलटोलबाट सयौँ सांस्कृतिक ऐतिहासिक नाचहरु प्रस्तुत भएको उनले बताए।

एकजना जात्राप्रेमी सविना बोहजुले आज अन्तिम दिन भक्तपुरमा घिताङघिसी ल्याउने भएकाले जात्राप्रेमीहरुका बाटोभरि लर्को रहेको बताए। आज भक्तपुर नगर पूरै बाजागाजामय, परम्परागत पोसाकमय र घिताङघिसीमय भएको उनले सुनाए । पाँच-१० वर्षका बालबालिकादेखि ७०/८० वर्षका वृद्धवृद्धासम्म सहभागी रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?