Comments Add Comment

प्रदेश ५ भयाे खाद्यान्नमा आत्मनिर्भर, ८० प्रतिशत जमिनमा खेती !

८ असोज, बुटवल । कृषिलाई प्रदेशको विकास र समृद्धिको पहिलो आधार मानेको प्रदेश ५ खाद्यान्नमा आत्मनिर्भर देखिएको छ । १९ लाख ६९ हजार सात सय ७६ हेक्टर कूल क्षेत्रफल रहेको प्रदेश नं. ५ मा ६ लाख हेक्टर ९७ हजार ३ सय ३१ कुल खेतियोग्य जमिन छ ।

नेपालको कुल क्षेत्रफल मध्ये खेतियोग्य क्षेत्रफल जम्मा २१ प्रतिशत रहेको छ । कुल खेतियोग्य क्षेत्रफल मध्ये प्रदेश ५ मा ८०.१७ प्रतिशत जमिनमा खेति गरिएको छ ।

नेपालको कुल खेतियोग्य जमिन मध्य ६६.६७ प्रतिशतमा मात्र खेति गरिएको छ ।  नेपालको कुल खेतियोग्य जमिनमा ४५ प्रतिशत सिंचित क्षेत्र रहेकामा प्रदेश नम्बर ५ मा भने ३९.६९ प्रतिशत सिंचित रहेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा धेरै खेतियोग्य जमिन रुपन्देही जिल्लामा रहेको छ ।  जुन जिल्लाको कुल क्षेत्रफलको ५८.४४ प्रतिशत हो ।

सबैभन्दा धेरै सिंचित क्षेत्रफल दाङ जिल्लामा रहेको छ । मन्त्रालयका अनुसार यो प्रदेशमा वाषिर्क २२ लाख ७४ हजार ६ सय ४२ मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ ।

योजनाविद् पिताम्बर शर्माका अनुसार प्रदेश ५ लाई वर्षमा ८ लाख ९३ हजार एक सय ६१ मेट्रिक टन खाद्यान्न आवश्यक पर्नेमा १३ लाख ८१ हजार ४ सय ८१ मेट्रिक टन खाद्यान्न वचत हुन आउँछ ।  शर्मामा अनुसार प्रदेश ५ को खाद्यान्न स्वःनिर्भरता एक सय ४४ प्रतिशत रहेको छ ।

६ पहाडी र तराईका ६ जिल्ला गरी १२ वटै जिल्लामा कृषि उत्पादन हुने यो प्रदेशमा खाद्यान्नसँगै तरकारी, सुन्तला जातका फलफूल, कफि, च्याउ र मौरीपालन प्रमुख कृषि पेशा हुन् ।

प्रदेश ५ मा वर्षमा एक देखि दुई खेती हुने अब्बल जमिनको क्षेत्रफल ३२ प्रतिशत रहेको छ भने मध्यम, भिरालो र गह्रा बनाउनुपर्ने खेतीयोग्य जमिन १४ प्रतिशत र घाँसपातका निम्ति उपयुक्त पाखा पखेरो जमिन २८ प्रतिशत रहेको छ । प्रदेशका मुख्य खाद्यान्न बाली धान, गहु, मकै, कोदो, जौ र फापर हुन् ।

प्रदेशको मुख्य खाद्यान्न बाली धान हो । ३ लाख ५५ हजार ९ सय ५८ हेक्टरमा खेती हुँदा १३ लाख ८३ हजार ९ सय ५१ मेट्रिक टन धान उत्पादन हुन्छ ।  यस्तै चैते धान ३ हजार ९ सय ६५ हेक्टरमा खेती हुँदा १४ हजार ८ सय २२ मेटि्रक टन उत्पादन हुन्छ । वर्षे धान ३ लाख ५१ हजार ९ सय ८८ हेक्टरमा खेती हुँदा १३ लाख ९९ हजार एक सय ३४ मेटि्रक टन उत्पादन हुन्छ ।

घैया धान ५ हेक्टरमा खेती र १५ मेट्रिक टन उत्पादन हुने गरेको छ । गहुँ एकलाख ७५ हजार ७ सय १० हेक्टरमा खेती हुन्छ ।  गहुंको उत्पादन ४ लाख ९० हजार ५ सय ४ मेटि्रक टन, मकै एक लाख ५५ हजार २ सय १२ हेक्टरमा खेती भई १३ लाख २ हजार ९ सय ७ मेटि्रक टन उत्पादन हुन्छ ।

हिउँदे मकै ४ हजार ६ सय २० हेक्टरमा खेती र १६ हजार ८ सय ७९ मेट्रिक टन उत्पादन हुन्छ । बसन्ते मकै १३ हजार ५ सय ४५ हेक्टरमा खेती र ४८ हजार ४ सय ५२ मेट्रिक टन तथा वर्षे मकै एक लाख ३७ हजार ४७ हेक्टरमा खेती र ३ लाख १७ हजार ५ सय ७६ मेट्रिक टन उत्पादन हुन्छ ।

यस्तै कोदो ८ हजार ८ सय ६१ हेक्टरमा खेती र १० हजार ४ सय ६६ मेट्रिक टन, जौ ४ हजार ५ सय १७ हेक्टरमा खेती र ५ हजार ६ सय ४१ मेटि्रक टन तथा फापर एक हजार २ सय एक हेक्टरमा खेती र एक हजार एक सय ७२ मेटि्रक टन उत्पादन हुने मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रदेशमा मसुरो, चना, मास, भटमास, केराउ, रहर, केराउ, चना, राजमा, मुंग, सिल्टुंग, बोडी, सिमी जस्ता दलहन बाली एक लाख ३ हजार २५ हेक्टरमा खेती भई एक लाख ७ हजार २ सय ९३ मेट्रिक टन उत्पादन हुने गरेको छ ।

यस्तै तोरी, सरस्यु, तिल, आलस, बदाम, झुसे तिल, सुर्यमुखी जस्ता तेलहन बाली ६२ हजार ४ सय ५८ हेक्टरमा खेती भई ६२ हजार ३ सय ३६ मेट्रिक टन उत्पादन हुने गरेको छ ।

प्रदेश नम्बर ५ ले नेपालको कुल क्षेत्रफलको १७.९१ प्रतिशत धान उत्पादनको क्षेत्रफल ओगटेको छ । धान उत्पादनमा प्रदेश नम्बर ५ ले १८.२६ प्रतिशत उत्पादन गर्छ ।

यस्तै नेपालको कुल मकै उत्पादन क्षेत्रफलको १६.६१ प्रतिशत क्षेत्रफल प्रदेश नम्बर ५ मा रहेको छ । जसले नेपालको कुल उत्पादनमा १४.९६ प्रतिशत योगदान गर्दछ ।

नेपालको कुल गहुँ उत्पादन क्षेत्रफलको २३.५८ प्रदेश नम्बर ५ मा छ । यो प्रदेशले नेपालको कुल गहुँ उत्पादनको २४.८० प्रतिशत योगदान गर्दछ ।

प्रदेश नम्बर ५ ले नेपालको कुल कोदो उत्पादनको ४.७८ प्रतिशत क्षेत्रफल ओगटेको छ भने कुल क्षेत्रफलको ४.७ प्रतिशत उत्पादन हुने गरेको छ ।

कुल फापर उत्पादनको १२.३१ प्रतिशत भुभाग प्रदेश नम्बर ५ मा छ जसले नेपालको कुल फापर उत्पादनको १२.१९ प्रतिशत हिस्सा ओगटेको छ ।

जौ उत्पादनको ११.१९ प्रतिशत भूभाग प्रदेश नम्बर ५ मा रहेको छ जसले नेपालको कुल जौ उत्पादनको ११.५१ प्रतिशत योगदान गर्छ । तुलनात्मक रुपमा प्रदेश नम्बर ५ मा दलहन बालीको क्षेत्रफल र उत्पादन निकै राम्रो छ ।

क्षेत्रफल अनुपातका आधारमा चनाको ५५ प्रतिशत, रहरको ३८ प्रतिशत र मसुरोको ३५ प्रतिशत भुभाग प्रदेश नम्बर ५ ले ओगटेको छ ।  उत्पादनको आधारमा पनि चना, मसुरो र रहरको उत्पादन क्रमस ५३, ४४ र ३१ प्रतिशत उत्पादन प्रदेश नम्बर ५ मा हुन्छ ।

उत्पादकत्वको हिसाव गर्दा मसुरो, मास र गहतको उत्पादकत्व प्रदेश नम्बर ५ मा धेरै छ भने अन्य दलहन बालीको उत्पादकत्व भने प्रदेश ५ मा न्युन छ ।  क्षेत्रफल आधारमा तेलहन वालीले नेपालको २९.६४ प्रतिशत ओगटेको छ भने उत्पादनमा यस प्रदेशले ३०.८४ प्रतिशत योग्दान गर्छ ।

नेपालको कुल मसलावाली उत्पादनको क्षेत्रफलमा प्रदेश नम्बर ५ मा १८.९९ प्रतिशत रहेको छ ।  उत्पादनमा १५.१२ प्रतिशत योगदन गर्छ । प्रदेश ५का खेतीयोग्य जमिनमा बाणगंगा, तिनाउ, कालीगण्डी, राप्ती, बबई, कणर्ाली र बडीघाट नदीबाट सिंचाई हुने गरेको छ ।

यसवाहेक भूमिगत जल सिंचाई प्रविधि पनि प्रयोगमा छ । प्रदेश सरकारले कृषि उत्पादन अझ बढाई निर्यात गर्ने लक्ष्यसहित प्रदेशका सबै ५२ प्रदेश सभा निर्वाचन क्षेत्रमा ५२ वटा स्मार्ट कृषि गाउँ, भूमिहीनलाई जग्गा र भाडा दिएर करार खेती जस्ता नौला कार्यक्रम अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment