+

म्यानचेष्टर सिटी च्याम्पियन्स लिग जित्न अझै तयार छैन : ग्वार्डिओला

२०७५ कात्तिक  ६ गते २०:०३ २०७५ कात्तिक ६ गते २०:०३
म्यानचेष्टर सिटी च्याम्पियन्स लिग जित्न अझै तयार छैन : ग्वार्डिओला

६ कात्तिक, काठमाडौं । म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो टिम च्याम्पियन्स लिग जित्न अझै तयार नभएको बताएका छन् ।

युरोपियन उपाधि जित्नका लागि ‘केही विशेष’ अभाव रहेको उनको तर्क छ । साथै युरोपियन उपाधिका लागि धक्का दिन मद्दतका लागि समर्थकलाई अपील गरे ।

ग्वार्डिर्ओलाको प्रशिक्षणमा सिटी च्याम्पियन्स लिगमा अन्तिम १६ र क्वार्टरफाइनलसम्म पुगेको थियो । शाख्तर डोनेस्कसँग खेल्नुअघि ग्वार्डिओलाले भनेे, ‘यो प्रतियोगितामा तपाईसँग केही विशेष चाहिन्छ र अहिलेसम्म मैले त्यो महसुस गरेको छैन । गत सिजन मैले देखेँ कि हामी जित्न तयार छैनौं ।’

‘यसको अर्थ जितको प्रयास गर्दैनौं भन्ने होइन । तर, यो इच्छा भएर मात्र हुँदैन ।’

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय