+
+

यस्तो छ चीनले समुद्रमाथि बनाएको पुल (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ७ गते १८:२७

७ कात्तिक, काठमाडौं । चीनले समुद्रमाथि ५५ किलोमिटर लामो पुल बनाएको छ । हङकङ-झुहाई-मकाउ नामको यो पुलको विश्वकै छैठौं लामो पुल हो ।

२००९ मा निर्माण शुरु गरिएको यो पुलको उदघाटन मंगलबार चिनियाँ राष्ट्रपति शी जिनपिङले गरे । यो पुल बनाउन १२० अर्ब युआन खर्च भएको छ र उक्त खर्च हङकङ, मकाउ र झुहाईले बेहोरेका छन् ।

चीनको सरकारी अखबार साउथ चाइना मोर्निङ पोस्टका अनुसार यस पुलमा चार लाख टनभन्दा बढी उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको छ । यसले ८ रेक्टर स्केलको भूकम्प र   शक्तिशाली समुद्री आँधीलाई थेग्न सक्छ । इन्जिनियरहरुका अनुसार यो पुलको आयु १२० वर्षभन्दा बढी छ ।

यो पुल बनाउन इन्जिनियरहरुले समुद्रभित्र चारवटा मानवनिर्मित द्वीप बनाएका छन् जसको माध्यमबाट पुललाई जमिनसँग जोडिएको छ । छ लेनको यो पुलमा चार वटा सुरुङसमेत बनाइएको छ ।

हङकङ एयरपोर्टबाट झुहाई जान चार घण्टा लाग्छ तर यो पुलबाट ४५ मिनेटमै पुगिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?