+
+
Shares

गुगलको न्यूज एपमा भाइरस, एकैदिनमा २४ जिबी डाटा च्वाट्

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ७ गते ११:५९

गुगलको न्यूज एपमा एक बगले आक्रमण गरेसँगै प्रयोगकर्ता प्रभावित भएका छन् ।

भाइरसको आक्रमणका कारण गुगल न्यूज एप चलाउने स्मार्टफोन प्रयोगकर्ताको मोबाइल डाटा निकै तिव्र गतिमा खपत भएको छ । कतिपय प्रयोगकर्ताहरुमा ६ महिना देखिनै यो समस्या देखिँदै आएको बताइएको छ । गुगलको न्यूज एपले अत्यधिक धेरै ब्याकग्राउण्ड डाटाको खपत गर्ने गरेको प्रयोगकर्ताको गुनासो छ ।

द भर्जमा छापिएको रिपोर्ट अनुसार गुगल न्यूज हेल्प फोरममा समेत एपमा छिरेको बगका बारेमा गुनासो गरिएको थियो ।

स्मरण रहोस् गत मे महिनामा यो न्यूज एप लञ्च भएको थियो र त्यहीँ बेलादेखि नै प्रयोगकर्ताले अत्यधिक डाटा खपतको समस्या झेल्दै आएका छन् । गुगलले सेप्टेम्बरमा यो समस्या समाधान गर्ने बताएको थियो । तर अहिलेसम्म पनि गुगल न्यूज एपका प्रयोगर्काहरु मोबाइल डाटा रित्तिने समस्याको सिकार बनिरहेका छन् ।

रिपोर्ट अनुसार जब प्रयोगकर्ताले स्मार्टफोनमा Download via wifi मोड अन गर्दछन् ब मोबाइल डाटाको खपत झनै तीव्र बन्दछ । कहिलेकाहिँ त प्रयोगकर्ताले पत्तै नपाइकन एक दिनमा २४ जीबीसम्म डाटा खपत भएको गुनासो गरेको बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?