Comments Add Comment

लेडयुक्त पेन्टमा प्रतिवन्ध लगाउन माग

७ कात्तिक, काठमाडाैं । जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले नेपालमा सिसा अर्थात लेडयुक्त पेन्टमा प्रतिवन्ध लगाउन माग गरेको छ ।

नेपाल सरकारं वन तथा वातावरण मन्त्रालय, वातावरण विभागको सहकार्यमा विश्व स्वास्थ्य संगठनको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (आइपेन)ले मंगलबार राजधानीमा एक कार्यशाला गोष्ठीको आयोजना गरी लेडयुक्त पेन्टमा प्रतिवन्ध लगाउन माग गरेको हो ।

विज्ञहरुका अनुसार लेडले बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा असर पुर्‍याउँछ । लेडको सम्पर्कबाट हुने दीर्घकालीन स्वास्थ्य सम्बन्सधी मस्याहरुले वर्षेनी ५ लाख ४० हजार मानिसको मृत्यु हुने गरेको छ भने १.३९ करोड मानिस शारीरिक रुपमा अशक्त बन्ने गरेका छन् ।

संसारभर करिब ८५.७ करोड बालबालिका लेडको सिधा सम्पर्कमा आएर प्रभावित भैरहेका छन् । इन्टिच्युट फर हेल्थ मेटि्रक एण्ड इभ्यालुएसन २०१६ को आकडा अनुसार यो तथ्यांक कुल बालबालिकाको करीब ५० प्रतिशत भन्दा बढी संख्या हो ।

नेपालमा पेन्टको बाध्यकारी मापदण्ड ९० पीपीएम कायम गरिएको छ । तर, नेपालमा यो मापदण्डको प्रभावकारी कार्यान्वयन नहुदाँ नेपालको कुल जनसंख्याको एक तिहाई भन्दा बढी (३४.६) प्रतिशत संख्या ओगटेका बालबालिकाहरु ६५ देखि सय प्रतिशतसम्म लेडको उच्च जोखिममा रहने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

मंगलबार सम्पन्न गोष्ठीमा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र कुमार यादबले लेड एक प्रकारको मन्द विष भएको बताउँदै यसको सुरक्षित विकल्पतर्फ जानु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment