चलचित्र ‘धडक’ मार्फत यसैबर्ष बलिउडमा प्रवेश गरेकी नायिका जाहन्वी कपुरका लागि अब ठूला-ठूला प्रोजेक्टबाट अफर आउन थालेको छ ।
जाहन्वीलाई करण जोहरले बनाउन लागेको चलचित्र ‘तख्त’बाट अफर आइसकेको छ । तर, अब उनी अर्को एक नयाँ चलचित्रमा काम गर्दैछिन् ।
निर्देशक शशांक खेतान नयाँ चलचित्रको निर्देशन गर्दैछन् । थ्रिलर कथामा बन्न लागेको यो चलचित्रका लागि नायक बरुण धवन फाइनल भएको भारतीय मिडियाले बताएका छन् । अब, यो चलचित्रका लागि नायिकाको रुपमा जाहन्वी कपुरलाई अफर गरिएको छ । जाहन्वीले यो भूमिका निर्वाहा गर्न सक्ने भएकाले पनि उनलाई अफर गरिएको वुझिएको छ ।
यो चलचित्रको हाल कथामा काम भैरहेको छ । अर्को बर्षबाट चलचित्रको छायांकन सुरु गर्ने योजनामा यसका निर्देशक छन् । चलचित्रमा जाहन्वीलाई स्टन्ट गर्दै गरेको अवस्थामा देखिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4