Comments Add Comment

पुटिनलाई भेट्ने ट्रम्पको इच्छा, शिखर बैठक अर्को वर्ष गर्ने तयारी

८ कात्तिक, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिरि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को वर्ष शिखर बैठक गर्ने तयारी भएको छ ।

रुसको राष्ट्रपति कार्यालयका अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार अमेरिकाको वासिङटनमा शिखर बैठक गर्ने गरी तयारी भएको हो ।

‘म निर्धक्क भन्न सक्छु कि त्यसका लागि हामी तयार छौं,’ रुसको राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले पत्रकारहरूसँग धनेका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले अमेरिका र रुसबीच शिखर बैठक हुने सम्भावना रहेको बताएको केही समयपछि पेस्कोभको यस्तो भनाइ आएको हो ।

उनले यो विषय छलफलका लागि अझ बढ्दै जाने र अहिलेसम्म कुनै ठोस निर्णय भइनसकेको पनि स्पष्ट पारे ।

तर सम्भावित शिखर बैठकका लागि रुसका तर्फबाट भने तयारी भइरहेको प्रवक्ता पेस्कोभको भनाइ छ ।

अमेरिकी सुरक्षा सल्लाहकार बोल्टन गत आइतबार मस्को आएका थिए । उनले रुस भ्रमणका क्रममा राष्ट्रपति पुटिन र अरू रुसी उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए ।

भ्रमण र भेटवार्तापछिको एउटा पत्रकार सम्मेलनमा सुरक्षा सल्लाहकार बोल्टनले पुटिनलाई भेट्ने ट्रम्पको चाहना रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment