Comments Add Comment

बाबुरामको प्रश्न– केही प्रहरी बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुन्छ ?

९ कात्तिक, काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई गरिएको कारबाही कम भएकाे भन्दै असन्तुष्टि जनाएका छन् । उनले प्रहरी अधिकारी बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा नहुने भन्दै सत्य–तथ्य पत्ता लगाउन  सरकारसँग माग गरेका छन् ।

एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरेलगत्तै बाबुरामले दण्ड कम भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

भट्टराईले जानीबुझी प्रमाण नष्ट गर्नु आपराधिक कर्म भएको भन्दै ‘त्यसबापत मुद्दा र दण्ड गर्नुपर्दैन ?’ भन्ने प्रश्न  गरेका छन् ।

भट्टराईले निर्मला पन्त बलात्कार तथा हत्याबारे गरिएको छानबिनलाई बिरालो बाँधेर गरिएको श्राद्धको संज्ञा दिँदै केही प्रहरी अधिकारी बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा नहुने बताएका छन् ।

‘बिरालो बाँधेर श्राद्ध गरे झैं तीन महिना लगाएर केही प्रहरीलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुन्छ ?’, भट्टराईले ट्वीटमार्फत् प्रश्न गरेका छन्, ‘जानीबुझी प्रमाण नष्ट गर्नु आदि अपराधिक कर्म हैनन् ? त्यसबापत मुद्दा र दण्ड गर्नुपर्दैन ?’

प्रमाण नष्ट गर्ने प्रहरी र बम दिदीबहिनीमार्फत् अपराधी पत्ता नलाग्नुबारे प्रश्न गर्दै भट्टराईले दबाव जारी राख्न सबैमा आग्रहसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment