Comments Add Comment

माछा मार्न लाग्दा लडेर मृत्यु

९ कात्तिक, बाजुरा । माछा मार्ने क्रममा बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ मैतोलाका २६ वर्षीय शिक्षक बिक्रम नाथको खोलामा चिप्लिएर मृत्यु भएको छ ।

बिहीबार दिउँसो ४ बजेतिर घरबाट माछा मार्न जान्छु भनेर जाल लिएर हिँडेका उनी रातिसम्म नफर्केपछि आफन्तले खोज्दै जाँदा ढुङ्गाबाट चिप्लिएर मृत्यु भएको पाइएको आफन्तले बताएका छन् ।

उनी बूढीनन्दा नगरपालिकाको पाण्डुशैनमा रहेको पिसक्रेटर एकेडेमीमा विगत पाँच वर्षदेखि अध्यापन गराउँदै आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment