+
+
Shares

सरकार गाउँमै अाएको अनुभूति गराउन माकादुममा घुम्ती शिविर

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ९ गते १३:०२

९ कात्तिक, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा र सहायक प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद शर्मालाई बुधबार र बिहीबार दिनभरि भ्याइनभ्याइ भयो ।

खाँडादेवी गाउँपालिकाका वडाअध्यक्ष र वडासचिवहरु पनि निकै ब्यस्त रहे । विहान ७ बजेदेखि बेलुका झम्के साँझसम्मै उनीहरु सर्वसाधारणबाट घेरिएका थिए । कसैलाई बोल्ने फुर्सदसमेत थिएन ।

जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको रामेछापको खाँडादेवी गाउँपालिकाको केन्द्र माकादुममा जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको नेपाली नागरिकताको प्रमाणपत्र वितरण शिविरमा सर्वसाधारणको भीड नै लागेको थियो ।

दुईदिने शिविरमा विहानदेखि राति अबेरसम्म वितरण गर्दा २३२ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिए ।

रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र वितरणका साथै मतदाता परिचयपत्रका लागि फोटो खिचाने कार्य पनि सम्पन्न भएको छ ।

जिल्ला प्रशान कार्यालयले सञ्चालन गरेको शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउन मानिसहरुको ठूलो भीड लागेको थियो ।

शिविरमा प्रमुख जिल्ला अधिकारीका साथै सहायक प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद शर्मा र जिल्ला प्रशासनकार्यालयका कर्मचारीहरुले सेवा प्रवाह गरेका थिए ।

शिविरमा खाँडादेवी गाउँपालिकाका ९ वटै वडाका नेपाली नागरिकता बनाउने उमेर पुगेकाले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको थिए ।

शिविरमा ९ वटै वडाका वडाध्यक्ष तथा वडा सचिवहरु समेतले गाउँपालिकाको कार्यालयमा नै उपस्थित भइ सिफारिस लगायतका सेवा दिएका थिए ।

गाउँमै शिविर सञ्चालन हुँदा नागरिकहरुले खर्च विनानै सेवा पाएको खाँडादेवी गाउँपालिका ३ का वडाअध्यक्ष पुष्कर कार्कीले बताए । उनले भने, ‘मन्थली आउँदा जाँदाको गाडिभाडा, खजाखर्च आदि जोड्दा हजार/पन्ध्र सय त सक्कि हाल्थ्यो । यहाँ आफ्नै घरमा खाएर आएर २/३ घण्टामा नागरिकता बनाएर लिएर गए । सर्वसाधारणलाई धेरै सजिलो भयो नि ।’

यसरी गाउँगाउँबाटै सेवा दिँदा नागरिकहरुले गाउँमै सरकार आएको अनुभूति गर्ने भएकोले शिविर सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरी नागरिकता वितरण गरिएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम तामाड.ले बताए ।

गाउँगाउँमा नागरिकता लिन बाँकी उमेर पुगेका मानिसहरुको संख्या अधिक देखिएकोले यस्ता शिविरहरु अन्य गाउँपालिकामा पनि नियमित सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

यस्तै सिविर यहि कात्तिक १८ र १९ गते दोरम्बा गाउँपालिकामा पनि आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको खाँडादेवीमा समेत नागरिकता बनाउनेको यस्तो भीड देख्दा दुरदराजका गाउँमा अझै नागरिकता बनाउने उमेर पुगेका धेरै मानिसहरु नागरिकता बनाउन बाँकि रहेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?