+
+
Shares

बसले ठक्कर दिंदा ६ वर्षीय बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ९ गते १५:२६

९ सप्तरी, कात्तिक । निजी विद्यालयको बसले ठक्कर दिंदा सप्तरीको रुपनी गाउँपालिकामा एकजना बालकको मृत्यु भएको छ ।

राजविराज-रुपनी सडक खण्डस्थित रुपनी गाउँपालिकाको पाँच किलोमिटर भन्ने ठाउँमा कंकालनी एकेडेमी बोर्डिङ् स्कुलको ना३ख ७३९० नम्बरको बसबाट राजविराज नगरपालिका-८ का ६ वर्षीय शिवमकुमार यादवको मृत्यु भएको हो । उपचारका क्रममा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ  ।

आमासँगै रहेका ६ वर्षीय बालकलाई बाटो काट्ने क्रममा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । आमासँगै राजविराजबाट आफ्नो पुरानो घर जाने क्रममा शिबम र उनकी आमा पाँच किलोमिटरमा म्याजिकबाट झरेका थिए ।

छोराको मृत्युपछि बेहोस भएकी आमाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

मृतक बालकको शवलाई परीक्षणका लागि यही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएपनि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।

घटनालगत्तै बस छाडेर चालक फरार भएपछि स्थानीयहरुले केही बेर राजविराज-रुपनी सडक खण्डमा चक्काजाम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?