Comments Add Comment

स्थायी गुटले कांग्रेस कमजोर, नेकपाको दिनगन्ती सुरुः खाँण

१० कात्तिक, रुपन्देही । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले स्थायी गुटका कारण कांग्रेस कमजोर भएको बताएका छन् । उनले नेकपाको दिनगन्ती पनि शुरु भएको दाबीसमेत गरे ।

रिपोर्टर्स क्लबले शनिबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा नेता खाँणले भने, ‘यो गुट कहाँबाट आयो र निरन्तरता पायो म अचम्म परेको छु । यसलाइ तोड्नु पर्दछ ।’

कांग्रेस अब नयाँ शीरा र शक्तिका साथमा अगाडि बढ्ने बेला आएको भन्दै उनले अबको पाँच बर्षमा पहिलो शक्ति बन्ने गरी काम शुरु हुने दाबी गरे ।

नेपालमा कम्युनिष्टहरुको दिनगन्ती शुरु भइसकेको दाबीसमेत उनले गरे । एकताको प्रक्रिया सकिएपछि नेकपा विघटन हुने बताउँदै उनले भने, ‘जसरी ढुंगा, गिट्टी, बालुवाको मिश्रण पछि घर बन्छ र अहिले नेकपाको घर बन्यो, तर अब त्यहि घरको आयु घट्न शुरु भै सक्यो ।’

सदाकै लागि नेपालमा शासन चलाउने सपना नदेख्न नेकपालाई चेतावनी उनले दिए । दुनियामा १० बर्ष कम्युनिष्ट शासन ब्यबस्था चल्नै नसक्ने दाबीसमेत उनले गरे ।

कम्युनिष्टको आचरण र शैली संविधान बिपरित चलिरहेको भन्दै नेता खाँणले सरकारलाई कार्यशैली सच्चाउन सुझावसमेत दिए । पूर्व मन्त्री समेत रहेका खाँणले अहिलेको सरकारकै कारण संघीयता धरापमा परको बताए । संघीयताका केही कमी कमजोरीहरु रहे पनि राम्रा पक्षहरु धेरै रहेको बताउँदै उनले ति राम्रा पक्षलाई अगाडि बढाएर संघीयतालाई दिगोपना दिनुपर्ने धारणा राखे ।

उनले प्रदेश पाँचको राजधानी बुटवलबाट नसर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment