+
+
Shares

विवेकशील साझाको गण्डकी प्रदेश संयोजक बने भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १० गते १४:१३

१० कात्तिक, पोखरा । विवेकशील साझा पार्टीले युवा व्यवसायी महेश भण्डारीलाई गण्डकी प्रदेशको संयोजक घोषणा गरेको छ ।

शनिबार पोखराको उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा पार्टीका संयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापाले भण्डारीलाई माटोको टीका लगाएर पार्टीको गण्डकी प्रदेश सँयोजक घोषणा गरेका हुन् ।

भण्डारी बिग एफएमका संचालक समेत हुन् । भण्डारीले पार्टीले दिएको जिम्मेवारीप्रति खुसी व्यक्त गर्दै गण्डकी प्रदेशलाई राजनीतिक रुपमा नमूना प्रदेश बनाउने बताए ।

विवेकशील साझा पार्टी अहिले संगठन विस्तारमा जुटेको छ । पार्टीले सुदूरपश्चिम, कणर्ाली, प्रदेश नम्बर ५ र प्रदेश नम्बर ३ का संयोजकको घोषणा गरिसकेको छ । प्रदेश १ र २ मा पनि छिट्टै कार्यक्रम आयोजना हुने पार्टीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?