Comments Add Comment

बारामा घाँटी रेटी ६५ वर्षीय वृद्धको हत्या

११ कात्तिक, वीरगञ्ज । बारामा घाँटी रेटेर एक वृद्धको हत्या भएको छ । कलैया उपमहानगरपालिका–२३, कोइरिया टोलका अन्दाजी ६५ वर्षीय नन्दलाल राउत कुर्मीको घाँटी रेटेर हत्या भएको हो ।

दैनिक जसो खाना खाएर गाउँको छेउमा रहेको गोठमा पुग्ने गरेका कुर्मीकोे आँपको बगैंचामा शव फेला जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक राठौरका अनुसार, हत्या कसले र किन ग¥यो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

‘धारिलो हतियार प्रयोग गरेर हत्या भएको देखिएको छ । वरपरि हतियार भने भेटिएको छैन’, उनले भने, ‘हत्या कसले र किन ग¥यो भन्नेबारे अनुुसन्धान भइरहेको छ ।’

सन्तान रहेका कुर्मीको श्रीमती बिरामी छिन् । झण्डै ७ विगाहा जमिन र ट्याक्टरसमेत रहेकाले सम्पत्तिका लागि उनको हत्या भएको हुनसक्ने अनुमान गरिए पनि प्रहरीले थप अनुसन्धानपछि मात्रै यसबारे बताउन सकिने प्रहरी भनाइ छ ।

कुर्मीको शव अहिले पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको बारा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment