Comments Add Comment

इन्गेजमेन्ट संयोगः उता प्रियंका र दीपिका, यता पनि प्रियंका र दीपिका

अहिले बलिउडमा नायक-नायिकाहरुको इन्गेजमेन्ट र बिहेको लहर नै चलेको छ । यो लहर नेपाली चलचित्रमा पनि सुरु भएको छ । तर, कथा मिले जस्तै अहिले इन्गेजमेन्ट र बिहे गर्ने कलाकारको नाम समेत मिलेको छ । यसलाई संयोग मान्ने कि के ?

नेपाली चलचित्र र बलिउड चलचित्रवीच धेरै कुरा मिल्छ । नेपाली चलचित्रको कथाको खोजी नै बलिउड चलचित्रबाट हुन्छ भनिन्छ । अझ, केही समय अगाडिसम्म त बलिउड चलचित्र हेरेरै नेपाली चलचित्रको निर्माण गरिन्थ्यो । बलिउडका नायक तथा नायिकाको फेसन शैलीले पनि नेपाली चलचित्रका नायक तथा नायिकाहरुलाई छुने गरेको छ ।

केही समय अगाडि बलिउडले क्रिकेटसँग सम्बन्ध गाँस्यो । हुनत, बलिउड र भारतीय क्रिकेटको सम्बन्ध पहिलो पटक गाँसिएको होइन । तर, केही बर्ष प्रेममा रहेर क्रिकेटर विराट कोहलीसँग नायिका अनुष्का शर्माले बिहे गरिन् । अनुष्का र विराटको बिहे टक अफ दि टाउन नै बनेको थियो ।

नेपालमा पनि नेपाली चलचित्र र क्रिकेटले सम्बन्ध गाँस्यो । क्रिकेटर शरद भेष्वाकरसँग केही बर्ष प्रेम गरेर नायिका निशा अधिकारीले बिहे गरिन् । बिहे गरेर निशा अमेरिका हानिइन् । छोरालाई अमेरिकामा नै जन्म दिएर निशा उतै बस्ने तयारीमा छिन् ।

यो संयोग अहिले झनै मिलेको छ । अहिले त कलाकारको नाम समेत मिलेको छ ।

उता प्रियंका यता पनि प्रियंका

नायिका प्रियंका चोपडाले हलिउड गायक निक जोनससँग प्रेम गरिन् । अमेरिकामा रहँदा नै उनले आफू भन्दा केही बर्ष कान्छा निकसँग प्रेम गरेकी हुन् । प्रियंका र निकले केही समय अगाडि इन्गेजमेन्ट पनि गरेका छन् । उनीहरु डिसेम्बरमा बिहे गर्ने तयारीमा छन् ।

बलिउडमा प्रियंका र निकको सम्बन्ध जोडिदै गर्दा नेपाली चलचित्रकी चर्चित नायिका प्रियंका कार्कीले पनि नायक आयुष्मान देशराज जोशीसँग सम्बन्ध जोडिन् । प्रियंका र निक जस्तै प्रियंका र आयुष्मानवीच पनि उमेरको फरक छ । यता, प्रियंका र आयुष्मानले पनि इन्गेजमेन्ट गरेका छन् । उनीहरु पनि केही महिनापछि बिहे गर्ने तयारीमा छन् । यहाँ त नाम मात्रै मिलेन, उमेरको अन्तर पनि मिलेको छ ।

उता दीपिका यता पनि दीपिका
केही दिन अगाडि मात्र नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहले बिहे गर्ने औपचारिक घोषणा गरे । उनीहरु ५ बर्षभन्दा बढी समयदेखि प्रेममा थिए । तर, यी दुइले आफ्नो प्रेमलाई स्विकार गरेका थिएनन् । तर, एक्कासी नोभेम्बर १४ र १५ तारिखमा बिहे गर्ने भन्दै उनीहरुले औपचारिक रुपमा जानकारी दिए ।

दीपिकाले औपचारिक रुपमा बिहेको जानकारी दिएको केही समयपछि नेपाली चलचित्रकी उदाउँदी नायिका दीपिका प्रसाइले पनि निर्देशक दिवाकार भट्टराइसँगको प्रेमलाई औपचारिकता दिइन् । यी दुर्इले आफूहरुले इन्गेजमेन्ट गरेको जानकारी शनिबार सामाजिक संजालमार्फत दिएका छन् । दीपिका र दिवाकर ४ बर्षदेखि प्रेममा थिए । उनीहरुले कोर्ट म्यारिजपछि इन्गेजमेन्ट गरेका हुन् । उनीहरु पनि चाँडै बिहे गर्ने तयारीमा छन् ।

यसरी हेर्दा नेपाली चलचित्र र बलिउडको कनेक्शन गज्जबको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment