+
+
Shares

हिरासतभित्रै निर्घात कुटपीट गर्नेलाई कारबाहीको माग

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ११ गते १९:१८

सप्तरी, ११ कात्तिक । राजविराज नगरपालिका ६ का विक्की मेहतरलाई हिरासतभित्रै निर्घात कुटपीट गरी घाइते बनाउने प्रहरीलाई कारबाही गर्न माग गरिएको छ ।

स्थानीय मणिराज सामुदायिक विकास केन्द्रले आइतबार विज्ञप्ति जारी गरी हत्या आरोप स्वीकार्न प्रहरीले मेहतरलाई निर्घात कुटपीट गरेको भन्दै दोषीलाई कारबाही गर्न माग गरेको हो ।

केन्द्रका अध्यक्ष शिवचरण चौधरीले पक्राउ परेका बिक्की मेहतरलाई अपराध स्वीकार्न प्रहरीले हात खुट्टा बाधेर फलामले घिसार्दै आँखा बाधेर ५ मिनेटसम्म मुख र नाकमा पानी हालेर मरणासन्न हुने गरी कुटपिट गरेका आरोप लगाएका छन् । अपराध अनुसन्धानको नाममा कुटपिट गरी घाइते बनाउने दोषीलाई कारबाही गर्न पनि केन्द्रले माग गरेको छ ।

‘मेयरले डिस्जार्च गराए’

राजविराज नगरपालिकाका जनप्रतिनिधिहरुले अस्पतालमा उपचार गराइरहेका बिक्कीलाई बलजफ्ती डिस्जार्च गर्न लगाएको आरोप लगाएका छन् । नेपाल राउत मेहतर उत्थान समाजले बिक्की गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार गराइरहँदा जनप्रतिनिधिहरुले उपचार पूरा नहुँदै डिस्चार्ज गर्न लगाएको आरोप लगाएको छ ।

समाजका अध्यक्ष मनोज मेहतरले आइतबार विज्ञप्ति जारी गर्दै राजविराजमा मेयर र उप मेयर अस्पतालगई प्रहरीको दवावमा डिस्जार्च गराएको भन्दै भत्र्सना गरेका छन् ।

यसैबीच मेयर शम्भु यादवले आफूले डिस्चार्ज नगराएको दावी गरेका छन् । उनले बिक्की आफ्नो नगरपालिकाको कर्मचारी भएको र उनलाई एक साता घरमै आराम गर्न सुझाव दिएको बताएका छन् । ‘तिमी एक हप्ता घरमै आराम गर्नु, तलव मिलाइदिन्छु मात्रै भनेको हुँ’ मेयर यादवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?