आजभोली वयस्क मानिसहरुको मात्रै होइन स-साना बच्चाहरुमा पनि कपाल झर्ने समस्या देखिन थालेको छ । हुन त यो समस्या सन्तुलित खानपानको कारण पनि हुनसक्छ । तर, यस बाहेक पनि कपाल झर्नुको विभिन्न कारण जिम्मेवार हुन्छ । सानै उमेरमा बच्चाको कपाल झर्नाले आमाबुबा चिन्तित हुनु जायज हो ।
मानिसको कपाल करिब ९० प्रतिशत बढ्ने अवस्थामा हुन्छ भने बाँकि १० प्रतिशत बढीसकेको हुन्छ र विश्रामको अवस्थामा हुन्छ ।
वैज्ञानिक अध्ययन अनुसार दुई तीन वर्षसम्म हरेक महिना मानिसको कपालको लम्बाई १ सेन्टिमिटरको दरले बढ्ने गर्छ र यसपछि विश्रामको अवस्थामा आँउछ । विश्रामको अवस्थामा आएपछि कपाल र्झन थाल्छ ताकी नयाँ कपाल पलाउन सकोस् ।
दिनमा ५० देखि १०० कपालको रौं झर्ने कुरा एक सामान्य कुरा हो । तर त्यसभन्दा पनि धेरै कपाल र्झछ भने चनाखो हुनुपर्छ । यदि तपाईंलाई आफ्नो बच्चाको कपाल अपेक्षाभन्दा धेरै झरिरहेको छ जस्तो लाग्छ भने तत्काल आफ्नो चिकित्सकसँग सल्लाह लिनुहोस् ।
केही बच्चाहरुले सानै उमेरमा कपाल रंगाउनु, ब्लिच गर्नु, सिधा वा कर्ली बनाउने कारणले पनि कपाल र्झन सक्छ । कपाल रंगाउनको लागि प्रयोग गरिने डाईमा रसायन मिलेको हुन्छ र त्यसले कपालमा हानीकारक प्रभाव छोड्छ ।
त्यस्तै कपाललाई सिधा बनाउने र कर्ली बनाउने मेसिन जसलाई ‘हेयर डायर’ भनिन्छ त्यसको प्रयोगले पनि तपाईंको बच्चाको कपालमा नराम्रो असर पर्छ ।
यी हुन् अन्य कारण
एलोपेसियाः
बच्चामा कपाल झर्ने मुख्य कारण हो एलोपेसिया । संयुक्त राज्य अमेरिकामा मात्रै करिब २० लाख बच्चा एलोपेसियाबाट ग्रसित रहेको तथ्याङ्क प्राप्त भएको छ ।
बेलैमा उपचार गरेमा यो समस्या भएका धेरै बच्चाको कपाल झर्ने समस्याको उपचार सफलतापूर्वक गर्न सकिन्छ । त्यस्तै फेरि पनि समयमै वा सहि उपचार नगर्नाले कैयौं बच्चामा दोस्रोपटक कपाल पलाउँदैन । यस्तो भएमा बच्चाले जीवनभर लाजको सामना गर्नपर्छ ।
टेलोजन एफ्लूबीअमः
आकस्मिक आघातको कारण, भावनात्मक चिन्ता वा अन्य कारणले पनि कपाल झर्ने कारण बन्न सक्छन् । निरन्तर लाग्ने खोकी पनि यो रोगको एक कारण हो ।
तर, कपालको जरा लचिलो हुन्छ त्यसैले जब टेलोजन एफ्लुवीअमले आक्रमण गर्छ । यसले कपाललाई दोस्रोपटक पलाउने जराको योग्यतामा स्थायी रुपले असर पर्छ ।
त्रिकोटिलोमेनियाः
बच्चामा आंशिक रुपले कपाल झर्ने अवस्थालाई त्रिकोटिलोमेनियाको नामले चिनिन्छ । यो अवस्थामा कपाल असमान रुपले र्झछ । यसको अवस्था अझै बिग्रँदै गएर गम्भिर भएमा यसले आँखीभौंमा पनि असर गर्न सक्छ ।
यो एक यस्तो अवस्था हो जसमा कुनै डरको कारणले बच्चामा आफ्नै कपाल तान्ने उत्तेजना पैदा हुन्छ । यस समस्याको कारण कपाल झर्ने अवस्थालाई स्थायी रुपले उपचार गर्नको लागि यो समस्यालाई जरैदेखि उखाल्ने आवश्यकता हुन्छ ।
प्रतिक्रिया 4