+
+
Shares

२०२१ मा पद छाड्ने जर्मन चान्सलरको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १२ गते १८:३९

१२ कात्तिक, काठमाडौं । दशकअघिदेखि जर्मन चान्सलर रहेकी एंगेला मर्केलले २०२१ मा पद छाड्ने भएकी छन् ।

साथै उनले अर्को महिना क्रिष्टियन डेमोक्रेटिक पार्टीको अध्यक्षको चुनाव पनि नलड्ने भएकी छन् ।

पार्टी नेतृत्वसँग छलफलपछि मार्केलले भनेकी छन्, ‘मेरो कार्यकाल सकिएपछि कुनै राजनीतिक पदको खोजी गर्दिनँ ।’

उनी २००० देखि सीडीयूको अध्यक्ष छिन् भने २००५ देखि जर्मन चान्सलर छिन् ।

उनको उत्तराधिकारीका रुपमा आनाग्रेट क्राम्प कगानबावालाई हेरिएको छ । सीडीयूकी महासचिव रहेकी उनले सोमबार मात्र उम्मेदवारी घोषणा गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?