नेपाल राष्ट्र बैंकले मंगलबार ४ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ । ४ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नका लागि राष्ट्र बैंकले सोमबार मध्यान्ह ३ बजेसम्म बोलकबोलमा सहभागी हुन सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।
राष्ट्र बैंकले ९१ दिन अवधिको लागि २ अर्ब रुपैयाँको र ३ सय ६४ दिनका लागि २ अर्ब रुपैयाँको गरी ४ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो ।
९१ दिने ट्रेजरी बिल आगामी माघ १५ गते परिपक्क हुने राष्ट्र बैंकले बनाएको छ । राष्ट्र बैंकका अनुसार ३ सय ६४ दिने ट्रेजरी भने २०७६ कात्तिक १२ गते परिपक्क हुने छ ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल विक्रि गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4