Comments Add Comment

उपचार खर्च तिर्न नसक्दा आमाछोरी अस्पतालमै बन्धक

१३ कात्तिक, मोरङ । उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको एक अस्पतालले आमा छोरी बन्धक भएका छन् ।

सप्तरी भारदहकी रेनुदेवी खड्गाकी तीन महिने छोरी निशाकुमारीको उपचार खर्च तिर्न नसक्दा रेनुदेवी र उनकी आमा सीतादेवी मण्डल अस्पतालमा बन्धक भएका हुन् ।

असोज ३१ गते छोरीलाई उच्च ज्वरो आएपछि रेनुदेवीले स्थानीय क्लिनिकमा जचाएकी थिइन् । क्लिनिकले निमोनिया भएकाले ठूलो अस्पताल लैजान भनेपछि कोशी अञ्चल अस्पताल ल्याएका थिए । तर, कोशी अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि निशालाई आरके चिल्ड्रेन हस्पिटल विराटनगरमा भर्ना गरिएको थियो ।

अस्पतालमा ११ दिन भेन्टिलेटरमा राखेपछि आइतबार बच्चाको मृत्यु भएको घोषणा गरेको छ । तर, उपचार खर्च तिर्न नसक्दा रेनुदेवी घर जान पाएकी छैनन् ।

१ लाख ७० हजार रुपैयाँको बिल उठेको छ । ‘अस्पतालमा ६० हजार र फार्मेसीमा २० हजार बुझाएका छौं’ सीतादेवीले भनिन्, ‘अझै १ लाख १६ हजार दिनुपर्छ भन्छन् ।’

अस्पतालाई बुझाउने थप रकम आफूहरुसँग नभएको गुनासो गरिन् । तर, अस्पतालले रकम नबुझाएको भन्दै मृतकको शव दिएको छैन । अस्पतालको बिल तिर्न नसक्दा मृत अवस्थामा रहेकी नातीनीको सदगद गर्न नपाएको उनले बताइन् ।

अस्पतालले तीन दिनदेखि आमा छोरीको निरगानीका लागि सुरक्षा गार्ड परिचालन गरेको छ । रेनीका श्रीमान रविशंकर बैदेशिक रोजगारीका लागि मलेसियामा छन् ।

अस्पताल प्रशासनले उपचार खर्च नतिरेका कारण मृतकका आफन्तलाई रोकेर राखेको स्वीकार गरेको छ । अस्पतालमा मृतक शिशुकी मावली पक्षका मान्छे मात्र उपस्थित छन् । घर पक्षका आफन्त भने शुल्क तिर्न पर्छ भनेर अस्पतालबाट गइसकेको अस्पताल प्रशासन प्रमुख धिरज मैनालीले जानकारी दिए ।

अस्पतालले केही शुल्क छुट दिने तर, बाँकी सबै रकम मिनाहा गर्न नसक्ने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment