बार्सिलोना। गुरुङ भाषाको नेपाली चलचित्र मैरिमो अहिले युरोपका बिभिन्न शहरहरुमा प्रदर्शन गरिएको छ। मुनाल फिल्म प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र “मैरिमो” अर्थात सम्झिरहेछु युरोपमा प्रदर्शन भएको हो।
बेल्जियममा दुई शो प्रदर्शन गरिएको चलचित्र बिहीबार स्पेनको बार्सिलोना स्थित सिनेमा जिरोना हलमा प्रदर्शनको तयारी थालिएको छ। तमु समाज बार्सिलोनाले चलचित्र देखाउन लागेको हो ।
लमजुङ्को शैलुङ्ग गाउँमा छायाङ्कन भएको चलचित्रमा गुरुङ रितिरिवाज र सस्कृतिलाई प्रस्तुत गरिएको निर्देशक भोज बहादुर गुरुङले जानाकारी थिए। चलचित्र प्रदर्शनका लागि युरोप आएका निर्देशक गुरुङ भन्छन्, ‘अहिले गाउँ ठाउँ छोडेर युवाहरु विदेशिने क्रम अझै बढ्दो छ,यसले गाउँले परिवेशमा परेको असर र त्यहाँ देखिएका समस्याहरुलाई चलचित्रमा उतार्ने कोशिस गरेका छौ।’
प्रेम गुरुङ र सपना गुरुङको निर्माणमा बनेको चलचित्रका कार्यकारी निर्माता भने बालकाजि गुरुङ रहेका छन्। गमन गुरुङ र सपना गुरुङको मुख्य भूमिका रहेको चलचित्रमा प्रेम गुरुङ,शेशुभा गुरुङ,गजेन्द्र गुरुङ,कुलप्रसाद गुरुङ,अमिर गुरुङ लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहेको छ।
चलचित्रको ए ङोल्स्यो ए ङोल्स्यो गीत निकै चर्चित बनेको छ। गुरुङ चलचित्रलाई प्राय: हलमा एकपटक मात्र प्रदर्शन गरिने परम्परा जस्तै छ निर्देशक गुरुङ भन्छन् , ‘हामीले गतबर्ष पोखरामा अन्य चलचित्र सरह एक हप्तासम्म लगातार हलमा प्रदर्शन गरेर सबै दर्शकहरुलाई सुबिधा दिएका थियौ।’ चलचित्रको प्रिमियर भने न्युयोर्कबाट भएको थियो ।
स्पेनको प्रदर्शन पछि चलचित्रलाई नेदरल्यान्ड्समा देखाउने तयारी थालिएको उनले जानाकारी थिए । झन्डै २ दशक देखि मोफसलबाट चलचित्र निर्देशनमा होमिएका निर्देशक गुरुङले यसअघि ४ बटा गुरुङ चलचित्र तथा नेपाली चलचित्र, ‘कहाँ बिसाउ मनको भारीको’ समेत निर्देशन गरिसकेका छन्। यस्तै चलचित्र शाहसीमा उनलाई महानायक राजेश हमालसँगै मुख्य भूमिकामा देख्न सकिन्छ ।
तमुसमाज स्पेनका अध्यक्ष गौतम गुरुङले मैरिमो हेर्न स्पेनबासी नेपालीहरुलाई अनुरोध गरेका छन् । गुरुङ भाषाको चलचित्र भएपनि नेपालीमा सव टाईटल रहेकाले हलसम्म आएर हौसला प्रदान गर्न सम्पूर्ण नेपाली समुदायलाई उनले अनुरोध समेत गरेका हुन् ।
प्रतिक्रिया 4