Comments Add Comment

नेपालमा लगानी गर्न कतारी उद्योगी व्यवसायीलाई परिसंघको आग्रह

१४ कात्तिक, काठमाडौं । नेेपाल उद्योग परिसंघले नेपालमा लगानी गर्न कतारका उद्योगी-व्यवसायीहरुलाई आग्रह गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा सहभागि परिसंघका अध्यक्ष हरि भक्त शर्माले कतारका विभिन्न उद्योग प्रतिष्ठानका उद्योगी-व्यवसायीहरुसँगको अन्र्तक्रियामा नेपालमा लगानी वातावरण बनेको बताए ।

नेपालमा व्यवसाय एवं लगानीका अवसरहरु बारेमा कार्यपत्र प्रस्तुत गर्दै उनले नेपालमा व्यवसायको प्रचुर सम्भावना रहेको जानकारी गराए ।  मुलुकले नयाँ संविधान प्राप्त गरेको, स्थिर सरकार बनेका कारण आर्थिक वृद्धिको प्रचुरतम् सम्भावना रहेको उनले बताए ।

लगानीको वातावरण बन्दै जाँदा सबै क्षेत्रमा आम्दानीमा वृद्धि भइ शिक्षाको स्तर वृद्धि हुने, विप्रेषणको रकममा उल्लेख्य वृद्धि हुने, समष्टीगत आर्थिक स्थायित्व उच्च रही बढी नाफाको सम्भावना उनको भनाइ छ ।

उनले नेपालको पूँजी बजारमा सूचीकरण गरिएको केही उद्योगहरुको उदाहरण समेत दिए ।  नेपालमा कृषिजन्य उद्योगमा वैदेशिक लगानीको लागि खाद्य प्रशोधनमा साधन, औद्योगिक वस्तुहरुमा गृह सामग्री, औषधी र वायोटेक प्रमुख हुनसक्ने उनले बताए ।

परिसंघले विगतकम दुइवटा नेपाल पूर्वाधार सम्मेलन सम्पन्न गरिसकेको उल्लेख गर्दै अध्यक्ष शर्माले भने, ‘पूर्वाधार विकासको सन्दर्भमा विमानस्थलको विकासमा लगानी गर्न काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलमा लगानीका पर्याप्त सम्भावना छन् भने राजमार्गको लगानीमा हेटौँडा काठमाण्डौ टनेल हाइवे, विभिन्न शहर जोड्ने एक्सप्रेस वेज लगानीका अवसर भएका क्षेत्र हुन् ।’

त्यसैगरी रेल यातायातको क्षेत्रमा पूर्व-पश्चिम विद्युतिय रेल, पोखरा काठमाण्डौ रेल्वेमा लगानी गर्न कतारी उद्यमी व्यवसायीलाई आव्हान गरे ।

ट्रेकिङ्ग र पर्वतारोहण, वन्यजन्तु दृश्यावलोकन र रिभर र्‍याफ्टिङ्ग र धार्मिक पर्यटन प्रमुख रहेको बताउँदै उनले होटल, क्यासिनो, फनपार्क र शाहसिक पर्यटनमा लगानी गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment