१४ कात्तिक, विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले सरकारको लोकप्रियतामा कमी नआएको दाबी गरेका छन् ।
विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै मन्त्री यादवले मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढेकाले सरकारको लोकप्रियतालाई यसले थप उचाइमा पुर्याउने बताए ।
उनले सरकार जनताको जनादेश विपरीत गएर अहिले काम गर्न नसक्ने पनि बताए । मन्त्री यादवलेे सरकारले चिनीको बिक्री मूल्य ७० रुपैयाँ तोकेको हुनाले मूल्यभन्दा बढीमा बिक्री भएको पाइएमा त्यस्ता व्यापारीलाई कारवाही हुनेसमेत जानकारी दिए ।
मन्त्री यादवले बुधबार नै बिराटनगरको बैजनाथपुरमा निर्माणाधीन एकीकृत भन्सार चेक पोष्टको अनुगमन समेत गरेका छन् ।
उनले अनुगमनका क्रममा चोकपोष्ट निर्माणमा भइरहेको प्रगतिको बारेमा भारतीय निर्माण कम्पनीका प्रतिनिधिसँग जानकारीसमेत लिएका थिए ।
प्रतिक्रिया 4