+
+
Shares

सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ योजनाको विजेता घाेषित

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १४ गते १९:१२

१४ कात्तिक, काठमाडाैं । सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ उपहार योजना अन्तर्गत पहिलो महिनाको एक लाख विजेता घोषणा भएको छ ।

उपहार घोषणा अन्तर्गत कोरीयाको जी मनी ट्रान्स (सिटी एक्स्प्रेसको सहायक संस्था) बाट पैसा पठाई पहिलो महिनाको १००,००० को मासिक लक्कीड्रमा बासु थापा क्षेत्री विजेता घोषित भएका छन् ।

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार कम्पनीमा आयोजित समारोह बिच कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले वितरण गरे ।

कम्पनीका अनुसार लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्ने छन् । त्यसैगरी साप्ताहिक रुपमा तीन विजेताले दश हजार र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले एक लाख जित्न सक्ने छन् ।

उपहार योजनाको अन्त्यमा एकजना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर १२औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख जित्न सक्ने घोषणा भएको थियो ।

यो अफर असोज १ गते देखि मंसिर २९ गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ४३ जनाले २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा १५ जना विजेताले १०,००० जितिसकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?