+
+

यसरी खानुपर्छ टिमुर : स्वाद पनि, ओखती पनि

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १५ गते १०:२१

उच्च पहाडी क्षेत्रमा यात्रा गर्दा लेक लाग्छ । लेक लाग्नु भनेको अक्सिनको कमी र चिसोको चाप थेग्न नसक्नु हो । यस्तो अवस्थामा टिमुर खान दिइन्छ ।

हुन त टिमुर अरुबेला पनि खानेकुरामा मिसाएर खाइन्छ । तर, जाडोमा भने यसले काइदाको काम गर्छ । खासगरी वाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन यसले काम गर्छ । साथै टिमुरले रोगप्रतिरोधात्मक क्षता पनि बढाउँछ ।

टिमुरको अचार वा कुनै नुडल्समा टिमुर मिसाइने गरिन्छ, जसले त्यसको स्वाद दोब्बर बढाउँछ । स्वादका लागि मात्र होइन, ओखतीको रुपमा पनि यसले काम गर्छ ।

नेपाली टिमुर पछिल्लो समय विश्व बजारमै लोकपि्रय बन्दै गएको छ । नेपालको प्राय पश्चिमी भूभागमा उत्पादन हुने टिमुर हरेक वर्ष विश्वभर निर्यात हुदै आएको छ । यो बहुउपयोगी छ । टिमुरको दाना स-साना राता ४ देखि ५ मिलिमिटर व्यासका हुन्छन् । यसको स्वाद तीतो, पिरो र जिब्रो पर्पराउने खालको हुन्छन् । टिमुरलाई मसला र औषधीको रुपमा प्रयोग गरिन्छ ।

टिमुरको खेती

आर.बी.बुढाथोकी

समुद्री सतहदेखि १२०० देखि २५०० मिटरको उचाईमा टिमुर उत्पादन हुने गर्छ । यसको बोट काँडायुक्त हुन्छ र एक पटक लगाएपछि थुप्रै वर्षसम्म फल दिने गर्छ ।

नेपालको सुर्खेत, अछाम, सल्यान र जाजरकोटलगायतका जिल्लामा टिमुरको खेती हुने गर्छ । यसको गेडा अर्थात फल पाक्ने समयभन्दा केहीअघि नै बोटबाट टिटिन्छ । र, संकलन गरिएका गेडाहरूलाई राम्रोसँग घाममा सुकाएर ओवानो गोदाममा भण्डारण गरिन्छ ।

टिमुरलाई मसला र औषधिका रुपमा प्रयोग गर्न सकिन्छ । नेपाली बजारमा प्रती केजि ४५० देखी ५०० रुपैयाँसम्मका दरले यसको किनबेच हुन्छ । विश्व वजारमा यसको अत्याधिक माग भएकाले यसबाट मनग्य आर्थीक लाभ लिन सकिन्छ ।

औषधीय गुण

– टिमुरको प्रयोगले दाँत दुख्ने समस्यामा राहत मिल्छ । आयुर्वेदिकका अनुसार टिमुरले वायुशमन गर्ने, दाँत दुखेको निको पार्ने, उर्जा प्रदान गर्ने, जरो, अजिर्ण, हैजाआदी समस्यालाई निको पार्ने काम गर्छ ।

– आँखाको दृष्टि कम भएका मानिसले नियमित रुपमा टिमुरको प्रयोग गर्दा लाभदायक हुन्छ ।

– न्युन रक्तचाप भएका व्याक्तिलाई पनि टिमुरले निकै फाइदा पुर्‍याउने गर्छ ।

-गाउँ घरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मसाज गरि निको गराइन्छ । टिमुलको फलको बोक्राबाट तेल तयार पारिन्छ । यस्तो तेल सुगन्धित हुने गर्छ ।

– टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि पनि निकै उपयोगी हुन्छ ।

– कम भोक लाग्ने समस्या छ भने पनि टिमुरको प्रयोग गर्दा हुन्छ । यसले भोक जगाउने काम गर्छ ।

– टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्ने काम गर्छ । त्यस्तै, यसले पेटमा लाग्ने बिभिन्न किरा तथा जुगाहरुलाई मार्नको लागि पनि सहयोग पुर्‍याउँछ ।

यसकारण उपयोगी

– नेपालमा विशेष गरि टिमुरलाई अचारको रुपमा प्रयोग गरिन्छ । टिमुरलाई दानाकै रुपमा वा धुलो वनाएर प्रयोग गरिन्छ । यो एक प्रमुख मसला हो ।

– यसलाई छोइला, मासु र विभिन्न प्रकारका तरकारीलाई स्वादिष्ट बनाउनमा पनि प्रयोग गरिन्छ । यसलाई थुप्रै परिकारमा प्रयोग गर्न सकिन्छ । चाइनिज भान्सामा त टिमुर अनिवार्य नै हुन्छ । थाइल्याण्ड तथा युरोपतिर पनि यसको प्रयोग अत्याधिक हुन्छ ।

– टिमुरको फललाई प्रशोधन गरि दन्तमञ्जन, सावुन, अत्तरको रुपमा रुपमा पनि प्रयोग गरिदै गरिन्छ ।

– टिमुर श्रृंगार समाग्री निर्माणमा पनि प्रयोग गने गर्छ । सुगन्धको लागि प्रशोधन गरि टिमुरको प्रयोग गरिन्छ ।

लेखक होटल सोल्टी क्राउन प्लाजाका मल्टी कुजिन सेफ हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?