Comments Add Comment

दाङमा १७ लाखको रिचार्ज चोरेर ससुरालीमा लुकाउने पक्राउ

१५ कात्तिक, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, दाङले १७ लाख रुपैयाँ बराबरको एनटीसी रिचार्ज कार्ड चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पाको माडी गाउापालिका–१ का २१ वर्षीया दलबहादुर पुन छन् ।

विशेष सुराकीका आधारमा उनलाई रोल्पा प्रहरीको सहयोगमा प्युठानको स्वर्गद्वारी–७ स्थित ससुराली घरबाट पक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माले अनलाइनखबरलाई बताए ।

उनका अनुसार घटना भएको २१ दिनपछि अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

उनले केही रिचार्ज कार्ड विक्री गरिसकेको भेटिएको छ भने केही कार्डहरु बरामद समेत भएका छन् । उनीमाथि चोरी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment