+
+
Shares

रौतहटमा दुईवटा शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १५ गते १३:२३

१५ कात्तिक, रौतहट । रौतहटमा दुईजना पुरुषको शव फेला परेको छ । गरुडा नगरपालिका ८ र माधवनारायण नगरपालिका ६ मा ती शव भेटिएको हो ।

छुट्टाछुट्टै स्थानमा वेवारिसे अवस्थामा रहेको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

माधवनारायण नगरपालिका ६ को माधोपुरको एक खेतमा ३० वर्षको उमेरका एक पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

यसै गरुडा नगरपालिका ८ को जिंगडीयामा पनि एक पुरुषको शव फेला परेको छ । गौर चन्द्रनिगाहपुर सडकखण्डको जिगंडियामा बाटोको नालामा डुबेको अवस्थामा ३५ वर्षका एक पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक चर्तुभुज ओझाले बताए ।

फेला परेका दुवै शवको सनाखत हुन सकेको छैन । शवलाई पोष्टमार्टमा लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?