Comments Add Comment

आफैलाई यसरी प्रेम गरौं: न लाग्छ रोग, न लाग्छ दु:ख

जब हामी प्रेमको कुरा गर्छौं, हाम्रो आँखामा प्रेमी/प्रेमिकाको अनुहार अघिल्तिर आइपुग्छ । श्रीमान्/श्रीमतीको, छोराछोरीको, आमाबुबाको, आफन्तको, नातेदारको नाम स्मरण हुन्छ । आफुले पालेको कुकुरको, गाईको वा अन्य जनवारको सम्झना हुन्छ ।

मानौं, प्रेम दिने कुरा हो । अतः हामी आफ्ना मायालु, पार्टनर, आमाबुबा, छोराछोरीलाई माया दिइरहेका छौं/दिन्छौं ।

सोच्नुहोस् त, तपाईं स्वयम्लाई कहिल्यै प्रेम गर्नुभएको छ ?

अक्सर हामी आफुलाई हेला गरिरहेका हुन्छौं । आफुले आफैलाई वेवास्ता गरिरहेका हुन्छौं । आफुले आफैलाई अविश्वास गरिरहेका हुन्छौं । अर्थात हामी आफुले आफैलाई माया गर्दैनौं ।

आफैलाई घृणा किन ?

आफूले चाहेको जस्तो नहुँदा वा कुनै काममा असफलता भोग्दा तपाईंलाई आफ्नो जीवन बेकार लाग्नसक्छ । त्यस्तै तपाईंलाई जीवनमा अब केही पनि गर्न सकिँदैन जस्तो लाग्न सक्छ ।

लगातारको असफलताको कारमा मानिसमा नकरात्मक सोच उत्पन्न हुन सक्छ र मानिसले आफैसलाई पनि घृणा गर्न थाल्छन् । उनीहरुले जीवनदेखि नै हार मानिसकेका हुन्छन् ।

के तपाईंले पनि आफैलाई घृणा गर्न थाल्नुभएको छ ? यदि हो भने आज हामी तपाईंलाई आफ्नो मनबाट घृणा निकालेर आँफैलाई प्रेम गर्ने तरिकाहरु सिकाउन गइरहेका छौं ।

हरेक मानिसले जीवनमा अरुलाई प्रेम गर्नुभन्दा पहिले आँफैसँग कसरी प्रेम गर्ने भन्ने कुरा थाहा पाउन धेरै जरुरी छ । यो दुनिँयामा जति पनि मानिसहरु छन् उनीहरुमा केही न केही विशेष प्रतिभा लुकेको हुन्छ । तर बिडम्बना धेरै मानिसले आफूभित्र लुकेको प्रतिभालाई चिन्न सक्दैनन् ।

घरमा बेकारको कुरामा अल्झिएर बसेर कुनै फाइदा हुँदैन । जीवनमा भ्रमित भएर केही मिल्दैन यसले खराब बाटो तिर मात्रै धकेल्छ ।

त्यसैले सबैभन्दा पहिले आफ्नो प्रतिभालाई चिन्नुहोस् र कुनै नयाँ काम गर्ने पहल गर्नुहोस् । आफैसँग प्रेम गर्नको लागि आफ्नो अन्तरमनको शक्ति र जीवनको उद्देश्यलाई सम्झनुहोस् ।

१. आलोचना गर्न बन्द गरौं

जबसम्म आफ्नै आलोचना गर्न बन्द गर्नुहुँदैन तपाईंले कहिल्यैपनि आँफैसँग प्रेम गर्न सक्नुहुन्न । आलोचनाले कहिल्यैपनि केही पनि परिवर्तन गर्दैन । तपाईं अरुको नकरात्मक आलोचनाहरुलाई सुन्नुहुन्छ भने तपाईंलाई त्यसको धेरै नराम्रो प्रभाव पर्छ । आफैलाई पहिचान गरेर आफ्नो आफ्नो असली तागतलाई बुझ्नुहोस् ।

हरेक मानिसले आफैबाट परिवर्तन ल्याउन सक्छ । यदि आँफैले आफ्नो आलोचना गर्नुहुन्छ भने तपाईंमा नकरात्मक परिवर्तन हुन्छ । त्यसैले आफ्नो क्षमतालाई बुझेर सकरात्मक परिवर्तन गर्नेतिर लाग्नुहोस् ।

२. आफ्नो मनबाट डर हटाउने

तपाईंले ‘जो डराउँछन् उनीहरु मर्छन्’ भन्ने भनाई त सुन्नुभएकै होला । यहाँ पनि यहि कुरा लागु हुन्छ । यदि तपाईंले आफ्नो जीवनमा डरलाई स्थान दिनुभयो भने त्यसले जीवनको खुसी र प्रेमलाई समाप्त गरिदिन्छ ।

यसको समाधानको लागि यस्तो बाटो खोज्नुहोस् जसले तपाईंलाई मानसिक रुपमा खुसी मिल्नेछ । सोच्नुहोस्ः जब मलाई डर लाग्छ म पछाडि फर्केर हेर्दिन र आफ्नो आफ्नो आमाबुबा वा परिवारको बारेमा सोच्छु ।

यस्तै जब तपाईं डर महसुुस गर्नुहुन्छ आफ्नो मनमनै कुनै पनि अर्को अविस्मरणीय कुरा सम्झन थाल्नुहोस् जसले तपाईंको डर निस्कनेछ ।

३. जीवनमा धैर्यता राख्ने

जीवनमा कोमलता र दयालुपन जस्ता गुणलाई सँधै कायम गर्नुहोस् । जीवनमा सँधै अगाडि बढ्नको लागि एक नयाँ चिन्तन बनाउनुहोस् । सफलताको लागि कुनै सर्टकट वा सजिलोबाटो नरोज्नुहोस् । सँधै मेहनत गर्नुहोस् र जीवनमा धैर्यता राख्नुहोस् ।

४. मनैदेखि दयालु हुने

आफ्नो जीवनदेखि नै दिक्क भएर घृणाको भावना राख्ने मानिसले कहिल्यै पनि आफूलाई प्रेम गर्न सक्दैन । त्यसैले कहिल्यै पनि आफूमा घृणाको भावना उत्पन्न हुन नदिनुहोस् । आफ्नो हरेक शब्दमा कोमलता र विनम्रता झल्काउनुहोस् ।

५. सँधै आफ्नो प्रशंसा गर्ने

अरुको नकरात्मक कुरा र आलोचनाहरुले सँधै मानिहरुको भित्री भावनालाई तोडिदिन्छ । यस्तो समयमा आफ्नो प्रशंसा गर्नाले हामीलाई समर्थन मिल्छ ।

धैर्य भएर बस्नुहोस् र आफ्नो कामहरुको लागि कति मेहनत गन सकिन्छ  आँफैलाई सोध्नुहोस् । चाहे त्यो सानो सानो कुरा नै किन नहोस् वा ठूलो कुरा किन नहोस् ।

६. नकरात्मक विचारहरुलाई सकरात्मकमा बदल्ने

यदि तपाईंलाई आफू भित्र केही नकरात्मक विचार वा केही नकरात्मक बानी छ जस्तो लाग्छ भने सबैभन्दा पहिले त्यसलाई खोज्ने कोसिस गर्नुहोस् ।

जब, तपाईंलाई ती नकरात्मक चीजको विषयमा थाहा हुन्छ त्यसपछि त्यसलाई सकरात्मकमा परिवर्तन गर्ने बारेमा सोच्नुहोस् ।

उदाहरणको लागि तपाईं धेरै ढिलो उठ्नुहुन्छ । यो कुरालाई हेर्ने हो भने हाम्रो लागि यो एक नकरात्मक बानी हो । ढिलो उठ्नेको कारण मानिसको जीवनमा अल्छीपना आउँछ र अल्छीको कारण असफलता ।

यस्तोमा मानिसले आफ्नो सबै कार्य सहि तरिकाले पूरा नहुनाको कारण आँफैलाई घृणा गर्न थाल्छ ।

यसको उपाय केही छ भने त्यो छिटो उठ्ने बानी बसाल्नु नै हो । छिटो कसरी उठ्ने त्यसको बाटो खोज्नुपर्ने छ । जस्तो या त तपाईं आफ्नो घडीमा अलार्म लगाउन सक्नुहुन्छ वा आफ्नो आमा वा पत्नीसँग भनेर विहान छिटो उठाइदिन भन्न सक्नुहुन्छ । हरेक दिन विहान जब विस्तारै विस्तारै तपाईंको निन्द्रा छिटो खुल्न थाल्छ तयसपछि तपाईंमा छिटो उठ्ने बानी विकास हुन्छ ।

७. आफ्नो स्वास्थ्यको ख्याल राख्ने

केही पनि गर्नको लागि शारीरिक रुपले स्वस्थ रहन धेरै आवश्यक छ । हामी सबैको लागि राम्रो खाना र नियमित रुपले व्यायाम गर्न धेरै मुस्किल छ ।

एक राम्रो स्वास्थ्यको लागि राम्रो खाना धेरै जरुरी छ जसले सहि भिटामिन र पोषण शरीरलाई मिल्न सकोस । यदि तपाईं सँधै स्वस्थ रहनुहुन्छ भने तपाईंको अनुहार सँधै उज्जवल रहन्छ र मानसिक रुपले मजबुत रहन्छ ।

कैयौं प्रकारका रोगहरुबाट तपाईं टाढा रहनुहुन्छ र तपाईंले आँफैलाई सँधै प्रेम गर्नुहुन्छ । यसैले सँधै आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् तथा आफ्नो जीवनलाई खुसीयाली बनाइराख्नुहोस् ।

८. आफ्नो असली अनुहारलाई सम्झने

आफू भित्रको असली अनुहारलाई सम्झिनुहोस् र पहिचान गर्नुहोस् । आफूलाई ऐनामा हेर्न बन्द गर्नुहोस् र आफूभित्रको सबै खुबी र क्षमताको बारेमा सोच्नुहोस् ।

आफ्नो गुणहरुको बारेमा जान्नुहोस् जसले तपाईं आँफैलाई प्रेम गर्न थाल्नुहुन्छ र अगाडि बढ्न सक्नुहुन्छ ।

९. आफूले आफ्नो समर्थन स्वयम गर्ने

अरु मानिसले तपाईंको मद्धत वा समर्थन गरे वा नगरेपनि तपाईंले आफ्नो समर्थन गर्न भने धेरै आवश्यक छ । आँफैले आफ्नो विचारहरुलाई सँधै समर्थन गर्न लागि आफ्नो बाटो तय गर्नुपर्छ ।

यदि कुनै मुस्किललाई कामलाई सुल्झाउनको लागि मद्धत चाहियो भने तपाईंले आफ्नो नजिकका मित्र र आमाबुबासँग कुरा गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment