१६ कात्तिक, नवलपरासी । कावासोती नगरपालिका-१६ चोरमाराका २३ वर्षीया बिष्णु थापाको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
कुटपिट गरी बिष्णुको हत्या गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका-१४ का २१ वर्षीय सुदिप क्षेत्रीसहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका अन्यको भने नाम सार्वजनिक गरिएको छैन ।
सुदिपको समूहबाट कुटिएका बिष्णुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4