+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
विराटनगर किंग्स 2025
0/0
Shares

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १६ गते २०:२७

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि ओली कात्तिक १२ गते विहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

ओली पूर्ण स्वास्थ्य लाभ गरेर शुक्रबार साँझ सरकारी निवास वालुवाटार फर्किएका उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीलाई छातिमा संक्रमण तथा शरीरमा चिनीको मात्रा असन्तुलित देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्यमा पूर्ण सुधार भएपछि निवास फर्कन अनुमति दिएका थिए ।

प्रधानमन्त्री ओलीलाई प्रा.डा.अरुण सायमीको संयोजकत्वमा प्रा.डा.दिव्या सिंह शाह र डा.सन्तकुमार दास सम्मिलित समूहले उपचार गरेको थियो ।

प्रधानमन्त्रीओलीले उपचारमा संलग्न चिकित्सकहरुप्रति विषेश आभार प्रकट गरेका उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?