Comments Add Comment

आर्सनलसँग बराबरीमा रोकिए पनि लिभरपुल लिगको शीर्ष स्थानमा उक्लियो

१८ कात्तिक, काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलसँग बराबरी खेले पनि लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलसँग उसैको मैदानमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडको हो । लिभरपुल र आर्सनलले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए भने दोस्रो हाफमा लिभरपुलले लिएको अग्रता जोगाउन नसक्दा हार ब्यहोरेको हो ।

खेलको ६१ औ मिनेटमा जेम्स मिल्नरले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर आफ्नो अग्रता लिभरपुलले अन्तिम समयसम्म कायम राख्न सकेन । खेलको ८२औ मिनेटमा एलेकसान्द्र लाकाजेटीले गोल गर्दै आर्सनललाई बराबरीमा पु¥याएका थिए ।

बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । आर्सनलसँग बराबरीमा रोकिएपनि लिभरपुल भने लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलले ११ खेलबाट २७ अंक बनाएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको १० खेलबाट २६ अंक रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment