Comments Add Comment

सामसुङले ल्याउँदैछ दुईवटा डिस्प्ले भएको स्मार्टफोन

कोरियाली कम्पनी सामसुङले आफ्नो नयाँ फ्लागसीप स्मार्टफोन आगामी ९ नोभेम्बरमा लञ्च गर्ने तयारी गरेको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित रिपोर्ट अनुसार सामसुङ चाइनाले SM-W2019 स्मार्टफोन लञ्च समारोहका लागि सञ्चारमाध्यमहरुलाई निमन्त्रण पठाउन सुरु गरेको छ ।

ट्वीटरमा सामसुङले प्रेषित गरेको एक निमन्त्रणापत्र लिक भएको छ । जसमा रातो तथा निलो रङमा डब्लू लेखिएको छ । तस्वीरमा उक्त स्मार्टफोन लञ्च गर्ने मिति ९ नोभेम्बर पनि लेखिएको छ ।

सामसुङले अर्को हप्ता सार्वजनिक गर्ने तयारी गरेको उक्त स्मार्टफोनका विशेषताबारे सञ्चार माध्यमहरुले विभिन्न खबर यसअघि नै प्रकाशित गरिसकेका छन् । चीनको सर्टिफिकेशन वेबसाइट टिनाका अनुसार यस फोनमा क्वालकोम स्नापड्रागन ८४५ प्रोसेसरको प्रयोग गरिएको छ ।

फोनमा ४.२ इन्चका दुईवटा फूल एचडी डिस्प्ले हुनेछन् जसको रिजोलुसन १९२० गुणा १०८० पिक्सेल हुनेछ ।

ब्याट्री क्षमता ३००० एमएएच रहेको छ ।

यो फोनमा डुअल रियर क्यामरा सेटअप रहने बताइएको छ । जसमा १२ मेगापिक्सेल प्राइमरी सेन्सर तथा डुअल एपर्चर मोड हुनेछ ।

यसका साथै युएसबी टाइप सी पोर्ट पनि रहने बताइएको छ भने ३.५ एमएम को अडियो ज्याक हुने छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment