Comments Add Comment

धनतेरसमा किन सुनचाँदीको खरिदारी गरिन्छ ? घतलाग्दो छ कारण

दशैं-तिहार एक अवसर पनि हो, धन-सम्पति जोड्ने । तिहारमा लक्ष्मी पूजा गरिन्छ, जो धनको प्रतिक हो । यही मेसोमा बहुमूल्य धातु लगायत सरसामान, गाडी आदि खरिद गर्ने चलन छ । अतः खरिदारीका लागि धनतेरस उपयुक्त अवसर मानिन्छ ।

पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशी अर्थात काग तिहारका दिन धनवन्तरी त्रयोदशी मनाइन्छ, जसलाई धनतेरस पनि भनिन्छ ।

धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भनिन्छ । यो दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । यस दिन हामीकहाँ भाँडावर्तन, सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ ।

धनतेरसमा धन जोड्ने

धनतेरसमा सुनको विशेष महत्व हुन्छ । यही महत्वलाई आत्मसाथ गरेर धनतेरसको अवसरमा सुन किन्ने परम्परा लामो समय देखि चलिआएको छ । धनी हो वा गरीब, यस दिन प्रत्येक व्यक्तिले आˆनो सार्मथ्य अनुसार सुन किन्ने गर्छन् । भनिन्छ, यस दिन सुनको खरिद गर्नाले घरमा सुख, समृद्धी रहिरहन्छ । जीवनमा कहिल्यै पनि धनको कमी हुँदैन ।

त्यसैले पनि मानिसहरु यस दिन सुन, चाँदी लगायत तामा, पित्तलका विशेष खरिदारी गर्छन् । जबकी यस दिन सुनको खरीदारी गर्नु सबैका लागि शुभ नहुन पनि सक्दछ । विभिन्न ज्योतिषशास्त्रमा पनि यी कुरा उल्लेख गरिएका छन् कि सुन त जो कोही पनि धारण गर्न चाहन्छ । तर यसले, सबैलाई अपेक्षाकृत फल नदिन पनि सक्छ । सुनको खरीदले केही राशीका मानिसलाई अशुभ फल प्रदान समेत गर्न सक्छ ।

हुन त सुनलाई समृद्धिको प्रतिक मानिन्छ । ग्रहमा यसको सम्बन्ध वृहस्पतिसित हुन्छ । जानकारहरुका अनुसार यसको अशुभ प्रभावका कारण मानिसहरु कयौ दुर्घटनाको शिकार हुने गर्दछन् । त्यसैले, पनि सुनको खरीदारी गर्नु पूर्व यो जान्न आवश्यक छ कि सुन खरीद गर्नु तथा सुन पहिरिनु तपाईको लागि शुभ छ कि छैन ?

मेष राशी

यस राशीका मानिसका लागि सुनको खरीदारी निकै शुभ मानिन्छ । त्यसैले पनि यस पालीको धनतेरसमा तपाई बेझिझक सुन खरीद गर्न सक्नुहुन्छ ।

वृष राशी

यस राशीको मानिसको लागि सुन खरीद गर्नु यस पटक त्यति राम्रो मानिदैन ।

मिथुन

मिथुन राशीका मानिसका लागि पनि यस पटकको सुनको खरीदारी त्यति शुभ मानिदैन ।

कर्कट राशी

कर्कट राशीका मानिसको जीवनमा सुनले अंम भूमिका खेल्ने गर्छ । सुनले उनीहरुको जीवनमा सुख तथा समृद्धि ल्याउने यस पटक उनीहरुले सुन खरीद गर्नु लाभदायक मानिन्छ ।

सिंह

सिंह राशीका मानिसका लागि पनि सुनले शुभ प्रतिफल दिनसक्छ । त्यसैले यसपटकको धनतेरसमा यस राशीका मानिसले सुन खरीद गर्नु राम्रो मानिन्छ ।

कन्या राशी

कन्या राशीको मानिसको लागि पनि सुन त्यति राम्रो मानिदैन ।

तुला राशी

तुला राशीका मानिसका लागि सुन धारण गर्नु अशुभ मानिन्छ । त्यसैले,  यसपटकको धनतेरसमा यस राशीका मानिसले सुनको सट्टा अन्य धातुको खरीदारी गर्नु उत्तम हुन्छ ।

वृश्चिक

यस राशीका मानिसका लागि सुनको प्रभाव मध्यम हुन्छ । त्यसले यस राशीका मानिसका लागि सुनको धारण गर्नु न शुभ हुन्छ , न अशुभ ।

धनु

धनु राशीका मानिसहरुका लागि सुनले शुभ प्रतिफल दिन्छ ।

मकर

यस राशीका मानिसका लागि सुन शुभ मानिदैन  । त्यसैले , यस राशीका मानिसले सुन खरीद गर्नबाट बच्नु पर्छ ।

कुम्भ

कुम्भ राशीका लागि पनि सुनले अशुभ प्रतिफल ल्याउनसक्छ ।

मीन

मीन राशीका मानिसका लागि सुनको प्रभाव मध्यम खालको हुन्छ ।

सुन राख्दा समेत दिनु पर्छ ध्यान

जानकारका अनुसार सुनलाई जतनका साथ कसरी राख्ने भन्ने कुराले पनि व्यक्तिमा गहिरो प्रभाव पर्दछ । यसलाई कसरी राख्ने भन्ने कुराले पनि शुभ र अशुभ फल निर्भर गर्छ । भनिन्छ, प्रयोग नगरेको अवस्थामा यसलाई सही स्थानमा राख्नाले पनि यसले शुभ प्रतिफल कायम रहन्छ ।

जतनका साथ कसरी राख्ने सुन ?

-प्रायः सबैले सुन तथा सुनका गरगहनालाई कि त दराजको लकरमा राख्छौ कि त सेफमा राख्ने गछौ ।  जबकी सुनलाई जुनसुकै स्थानमा राख्दा पनि रातो कपडाले बेरेर सही स्थानमा राख्नु पर्छ ।

-फलाम तथा नक्कली गहना नभएको स्थानमा सुन राख्नु पर्दछ ।

-घरको पूर्व उत्तर तथा दक्षिण पश्चिम कोणमा सुनलाई राख्न शुभ मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment