Comments Add Comment

गौचन हत्या प्रकरणः गुन्डा नाइके समिरमानकी श्रीमती पक्राउ

१८ कात्तिक, काठमाडौं । प्रहरीले गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमतीलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बस्न्यातकी श्रीमती माया शेरचनलाई पक्राउ गरेको हो । उनलार्इ स्वयम्भुको ठूलो भर्याङ क्षेत्रबाट पक्राउ गरिएको महाशाखाका एक अधिकारीले अनलाइनखबरलार्इ बताए ।

यो पनि पढ्नुहोस समिरमानकी श्रीमती पक्राउ प्रकरणः तीन गोलीकाण्डमा हतियार दिएको दाबी

यसअघि गत वर्ष २३ असोजमा बानेश्वरमा गोली हानी हत्या गरिएका शरद गौचनको घटनामा उनको पनि संलग्नता देखिएको प्रहरीको दाबी छ ।

समिरका ३ जना सुटर पक्राउ परेसँगै घटनामा मायाको संलग्नता पनि सार्वजनिक भएको हो । यसअघि समिरलाई कारागार व्यस्थापन विभागले मुस्ताङ सरुवा गर्दा मायाले प्रहरीले इन्काउन्टर गर्न खोजेको आरोप लगाएकी थिइन् ।

यो पनि पढ्नुहोस समिरमानका सुटर पक्राउसँगै ‘हाइ-प्रोफाइल हत्या’ टर्‍यो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment