Comments Add Comment

तिहारमा रेडिमेड मालाको प्रयोग बढ्दो

१८ कात्तिक, गुल्मी । नेपालीहरुको दोस्रो महान पर्वको रुपमा मनाइने तिहार पर्व नजिकिन थालेसँगै बजारमा चहलपहल बढ्न थालेको छ ।

तिहार पर्वको लागि चाहिने समानहरु किनमेलसँगै पर्वलाई लक्षित गरी फूल माला, टीका बिभिन्न परिकारहरुले सजिएका पसलहरुले पनि थप रौनकता थपिदिएको छ । तर, पछिल्लो समय यता तिहार पर्व पनि आधुनिकता बन्न थालेको छ ।

तिहार पर्वमा दियो, पाला मात्र हैन् अहिले फूलका मालाको सट्टा बजारमा रहेका कृतिम फूलहरुबाट बनेका मालाहरु प्रयोग गर्ने क्रम बढ्न थालेको छ ।

गाउँघरमा प्रशस्त मात्रामा फूलहरु नपाउनु सँगै फूलहरुको खेती समेत नगर्नुले अहिले बजारमा रहेका कृति मालाहरु प्रयोग बढेको व्यावसायीहरुको तर्क रहेको छ ।

यसवर्ष पनि तिहार पर्व केही ढिलो पर्नुले गाउँघरमा केही फुलेका फूलहरु सुक्न थालेपछि कृतिम माला किन्नेहरुको चाप बढेको तम्घासमा व्यवसाय गर्दै आएका झबि पाण्डेयले बताए ।

गाउँमा फुलको खेती पनि नगर्नु र केही आफै उम्रेका फूलहरुको भरमा चाडपर्व टार्नुपर्ने गरेका कारण पनि फुलको सट्टा कृतिम फूलमा आश्रीत हुनु परेको व्यावसायी पाण्डेयले बताए ।

उनले अब गाउँमा स्थानीय तहले नै प्रत्येक घर छेउमा अनिवार्य फूल रोप्न अनिवार्य गर्नु पर्ने बताए । ‘स्थानीयलाई पुस्प व्यावसायतर्फ पनि स्थानीय तहले योजना बनाउनु पर्छ,’ व्यवसायी पाण्डेयले भने, ‘पुस्प व्यावसाय गर्न प्रोत्साहन पनि गर्नुपर्ने र बजारको लागि पनि केहि व्यावस्था गर्नु पर्दछ ।’ यसो गरिए बजारमा रहेका कृतिम माला किन्ने तर्फ कम हुँदै जाने उनको भनाइ छ ।

अहिले तम्घास बजारमा ३५ रुपैयाँ देखि २ सय सम्मका कृतिम फूलका मालाहरु बिक्रीका लागि राखेको उनले बताए । तिहारको पाँचौ दिन भाइटीकाको दिन टीकासँगै फूलका माला लगाउने प्रचलन रहि आएको छ ।

गाउँमा फूलहरु नहुनाले फूलको गर्जो टार्नालाई पनि आफनोे गक्ष अनुसार कृतिम मालाहरु बिने गर्दछन् । देख्दा पनि झपक्क देखिने र टीका लगाई सकेपछि फूलका मालाको अनिवार्यता हुनाले पनि कृतिम माला भएपनि अनिवार्य रुपमा किनेर लगाउने गर्दछन् ।

तिहार पर्वको दीपावलीमा माटोेको पालामा दियो बाल्ने चलनलाईसमेत आधुनिकताले च्यापिदिएको छ । अहिले दियोको सट्टाले विजुली बत्तिले झिलिमिलि बनाउने थालिएको छ ।

पहिले यमपञ्चकको पहिलो दिनदेखि माटोले बनाइएको पालामा दियो बालेरे झिलिमिली बनाइने भएपनि पछिल्लो समय विजुलि बत्ती पुगेका ठाउमा यो विस्थापित नै भएको छ ।

माटोको दियो बनाउने पनि घट्दै जानु र बजारमा बिभिन्न प्रबिधिहरुसहितका बत्तिहरु आउनुले यसको महत्व मुसिकोट नगरपालिका गुल्मीका जीवन खत्रीले बताए । गाउँमा पनि बिद्युतको पहुच बढेसँगै दियो, पालाहरुमा बत्ति बाल्ने प्रचल बिस्तारै हराउदै गएको हो ।

तिहारका अवसरमा खेलिने देउँसी भैलोमा समेत आधुनिकता मिसिएको छ । नयाँ पुस्ताले देउसीभैलोमा पनि आधुनिकता मिसाएको स्थानीयवासीको भनाइ छ ।

देउसी भैलो खेल्दा मौलिक गीतहरु नगाई बजारमा आएका बिभिन्न गीतहरु मार्फत नाच्ने गाउने गरिंदा परम्परा हराउँदै जान थालेको छ ।

संस्कृति बचाउन भन्दा पनि अहिले पैसा जम्मा गर्ने उदेश्यले मात्र देउँसी भैलो खेल्न थालिएको पुराना पुस्ताको चिन्ता रही आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment